कुलमानको समर्थन गर्दा एक गम्भीर घाइते, ४ पक्राउ !

काठमाडौँ – कुलमान घिसिङको समर्थनमा उत्रिएका चार जनालाई प्रहरीले प्रकाउ गरेको छ।

कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका चार जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पुण्य गौतम, हेमराज थापा लगायतका चार युवा रहेका छन्। उनीहरुलाई प्रहरीले ट्रमा सेन्टरबाट पक्राउ गरिएको बताइएको छ।

एक समर्थक घाइते

कुलमान घिसिङको पक्षमा प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गरेपछि एक व्यक्ति घाइते भएका छन्। घाइते हुनेमा अनामनगरका मनिष श्रेष्ठ रहेका छन्। अहिले उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

श्रेष्ठलाई घाइते बनाइएको भन्दै अस्पतालमा पुगेर नाराबाजी गरेपछि पुण्य गौतम, हेमराज थापा लगायतलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले बताए।

प्रकाशित : शुक्रबार, असोज ०२, २०७७१३:२४

‘अनलाइन कक्षा सञ्चालन नगर्दै शुल्क लिनेलाई कारवाही गरियोस्’