बेल्जियम फिफा विश्व बरियाता क्रममा शीर्ष स्थानमा !

एजेन्सी – अन्तर्राष्ट्रिय फुटबल सङ्गठन (फिफा) ले बिहीबार पुरुष फुटबल विश्व बरियता क्रमलाई छ महिनापछि पहिलो पटक सार्वजनिक गरेको विवरण अनुसार बेल्जियमले अपरिवर्तित शीर्ष चारमा अग्रणी स्थान बनाउन सफल बनेकोे छ ।

कोभिड–१९ महामारीको कारण छ महिनाभन्दा बढीको अन्तरालपछि अन्ततः अन्तराष्ट्रिय खेलहरू खासगरि यूरोपमा सेप्टेम्बरको सुरूमा पुनः सञ्चालन हुँदैछन् । यूईएफए नेसनल लीग खेल अवरुद्ध रहँदा फुटबलको विश्व बरियता क्रम निर्धारणसमेत प्रभावित बनेको थियो ।

तर अग्रणी चारमा कुनै परिवर्तन भएको छैन । बेल्जियम, फ्रान्स, ब्राजिल र इङ्गल्याण्ड क्रमशः शीर्ष चार स्थानमा नै रहेका छन् ।

पोर्चुगल पहिलो पाँचौँ स्थानमा पुग्न सफल भएको छ भने क्रोएशिया आठौँ र स्वीडेन अठारौँ बरियता क्रममा रहेका छन् ।एसियाली मुलुकहरू जापान २८ औँ र चीन ७६ औँ स्थानमा रहेका छन् ।

अन्य देशहरूमा स्पेन पहिलेभन्दा एक स्थान माथि सातौँ र इटाली पनि पहिलेको तुलनामा एक स्थान माथि १२ औँ स्थानमा रहेको छ भने नेदरल्याण्ड्स १३ औं स्थानमा रहेको छ । जर्मनी पहिलेभन्दा एक स्थानमाथि १४ औं क्रममा रहेको छ ।

यो अवधिमा रूसले सबैभन्दा ठूलो उपलब्धी हाँसिल गर्दै छ स्थान माथि उक्लँदै ३७ बाट ३१ औँ स्थानमा पुगेको छ भने हङ्गेरी ५२ औँ स्थानमा रहेको छ ।

प्रकाशित : शुक्रबार, असोज ०२, २०७७१५:३१

बुन्डेसलिगा: हालान्डको दुई गोलमा डर्टमुन्ड विजयी !