देशमा बढ्दै संक्रमण: जेठ-साउन भन्दा भदौमै धेरै संक्रमित, भदौमा भन्दा बढी असोजमा !

काठमाडौं । कोरोना भाइरस संक्रमण फैलावटको दायरा तीव्र बनिरहेको छ । जेठ, असार र साउनमा थपिएका कुल संक्रमितभन्दा भदौमा मात्रै संक्रमितको संख्या बढी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जेठ, असार र साउनमा थप २५ हजार ७ सय ५९ जनामा संक्रमण पुष्टि भएको थियो । तर, भदौमा मात्रै थप ३१ हजार ८६ जनामा संक्रमण पुष्टि भएको छ ।

जेठमा ५ हजार ४ सय ७७, असारमा १० हजार ९ सय ६६ र भदौमा ३१ हजार ८१ संक्रमित थपिएका थिए । यो तथ्यांकले संक्रमणको दर अत्यधिक रूपमा बढ्दै गइरहेको संकेत गर्छ ।

– जेठ, असार र साउनभन्दा भदौमै धेरै संक्रमित
– शुक्रबार मात्रै अहिलेसम्मकै धेरै २०२० संक्रमित

परीक्षणको दायरा बढाएसंगै संक्रमितको संख्या बढी देखिएको विज्ञहरूले बताएका छन् । पछिल्ला चार महिनामा ८ लाख २७ हजार ८ सय ३ जनाको आरटी–पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ ।

जसअनुसार गत जेठमा १ लाख १० हजार ७ सय १३, असारमा १ लाख ६० हजार १ सय ४६, साउनमा २ लाख १४ हजार ९७, भदौमा ३ लाख ४२ हजार ८ सय ४७ जनाको कोरोना परीक्षण गरिएको हो । १ र २ असोजमा २२ हजार ९९ जनाको कोरोना परीक्षण गर्दा ३ हजार २ सय ६६ जनामा संक्रमण देखिएको छ ।

देशभर शुक्रबार अहिलेसम्मकै सबैभन्दा धेरै २ हजार २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितको संख्या ६१ हजार ५ सय ९४ पुगेको छ ।

प्रकाशित : शनिबार, असोज ०३, २०७७०२:५२

शंकर ग्रुपको ठगी धन्दाले सर्वसाधारणको घर जोखिममा, जगदम्बाका तीन सय टन गुणस्तरहीन डन्डी नष्ट गरिँदै