मेष राशि
अधुरा रहेका कार्य पूरा हुनेछन्। नयाँ कार्य सुरु गर्नको लागि यो हप्ता शुभ रहनेछ। खर्चिलो काम गर्ने प्रयासमा समस्या आउनसक्छ। भौतिक साधनहरू जुटाउन केही समस्या पर्ने देखिन्छ। आफन्तसँग मनमुटावको स्थिति आउनसक्छ। कार्यक्षेत्रमा अरुले तपाईंको कार्य प्रति हस्तक्षेप गर्ने प्रयास गर्लान। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। नियमित कार्य सजिलै सम्पन्न हुनेछन्।
वृष राशि
स्वास्थ्यमा केहि समस्या देखा पर्न सक्छ। विद्यार्थी वर्गको लागि समय उत्तम रहने छैन। सीप र कलामा भने निखारता आउनेछ। लामो समयदेखि रोकिएका कार्य सफल हुने सम्भावना छ। विशेष सहयोगी जुट्नाले सफलताकाे उचाइ प्राप्त गर्न सकिनेछ। अनावश्यक वाद-विवादमा फस्न सकिन्छ, सजग रहनुहोला। आर्थिक सफलता हात लाग्ने देखिन्छ। नियमित कर्मसाधनाले जीवनस्तरमा सुधार ल्याउन सकिनेछ।
मिथुन राशि
परिवारमा हर्षोउल्लासको वातावारण बन्नेछ। घर–जग्गा वा स्थायी सम्पत्तिमा देखिएको विवाद टुंग्याउन सकिनेछ। आफन्त बीच दूरी कम हुनेछ। विश्वास नगरेका व्यक्तिहरू सहयोगी बन्नेछन्। प्रतिष्ठित व्यक्तिसँग मित्रता बढ्नेछ। साथी-भाईको भरपूर सहयोग मिल्नेछ। कठिन-कठिन कार्य पनि यो महिना सरलतापूर्वक सम्पन्न हुनेछ। स्वास्थ्यमा भने उच्च रक्तचाप, ज्वरो तथा छातीको समस्याले सताउने सम्भावना रहेको छ।
कर्कट राशि
तपाईंको लागि यो महिना लाभदायक रहनेछ। लामो समय देखि रोकिएका कार्य पूरा हुनेछन्। सामाजिक रूपमा मन-सम्मान तथा पद-प्रतिष्ठा प्राप्त हुने देखिन्छ। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। राजनैतिक क्षेत्रमा विशेष लाभ मिल्ने सम्भावना छ। द्योग–धन्दामा पनि सफलता मिल्नेछ। आर्थिक पक्ष मजबूत रहनेछ। दाजु-भाईमा समझदारी बढ्नेछ। वाणीमा संयम राख्नुहोला।
सिंह राशि
तपाईंको लागि यो महिना केहि संघर्षपूर्ण रहन सक्छ। खर्चमा वृद्धि हुनेछ। अरूको विचारमा सहमत बन्न नसक्दा विद्रोही भावना उत्पन्न हुनसक्छ। वाद-विवाद, आलोजना जस्ता सामाजिक कुरासँग संघर्ष गर्नु पर्ला। कार्यक्षेत्रमा नयाँ अवसर पाप्त हुनेछ। प्रयत्न गर्दा आँटले काम लिन सकिनेछ। धन आर्जनका स्रोत बढ्नेछन्। यन्त्र, उपकरण वा विलासी वस्तुमा धन खर्च हुनेछ। लेखन, संगीत तथा कला क्षेत्रमा रुचि बढ्नेछ।
कन्या राशि
महिनाको सुरुवातमा परिस्थति प्रतिकूल रहे पनि क्रमश रूपमा सुधार हुनेछ। शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव गर्नुहुनेछ। दैनिक कार्यमा चुनौतीको सामना गर्नु पर्नेछ। आफन्तसँग असमझदारी बढे पनि शुभचिन्तकको भरपूर साथ मिल्नेछ। अत्याधिक खर्च हुँदा आर्थिक समस्याले सताउन सक्छ। आत्मविश्वास र दृढसंकल्पले लक्ष्यमा पुग्न सकिनेछ। कार्यक्षेत्रमा समय अनुकूल नरहला।
तुला राशि
वृश्चिक राशि
तपाईंको यस महिना उत्साहजनक रहनेछ। कार्यक्षेत्रमा विभिन्न अवसर प्राप्त हुनेछ। तर, व्यवधानका चुनाैतीहरू पनि त्यत्तिकै देखापर्नेछन्। आर्थिक पक्ष मजबूत रहनेछ। नोकरीमा पदोन्नती मिल्न सक्छ। अध्ययनमा प्रगति हुनेछ। व्यापार व्यवसायमा लाभ मिल्ने सम्भावना रहेको छ। पारिवारिक मतभेदले गृहस्थजीवनमा अशान्ति छाउनेछ। खर्चमा वृद्धि हुनेछ। सामाजिक मान-सम्मानमा आँच आउनसक्छ।
धनु राशि
तपाईंले यो महिना विभिन्न नयाँ अवसर प्राप्त गर्नुहुनेछ। अध्ययन तथा सीप विकासका क्षेत्रमा सफलता मिल्नेछ। नयाँ कार्य सुरु गर्नको लागि यो महिना उत्तम देखिन्छ। व्यापार तथा उद्योग क्षेत्रबाट फाइदा हुनेछ। विशिष्ट व्यक्तिहरू नजिकिनेछन्। सामाजिक क्षेत्रमा मान-सम्मान बढ्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। कार्यक्षेत्रमा वाधा उत्पन्न हुनसक्छ। खर्च बढ्नेछ।
मकर राशि
महिनाको सरुमा परिस्थिति कठिन रहे पनि क्रमश सुधार हुँदै जानेछ। भाग्य वृद्धिको योग रहेको छ। सामाजिक क्षेत्रमा तपाईंको संलग्न बढ्नेछ। रोजगारको खोजीमा रहेका मानिसले लाभ प्राप्त गर्नेछन्। पदोन्नतीको योग रहेको छ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। साथी-भाईको सहयोग प्राप्त हुनेछ। विद्यार्थी वर्गको लागि समय अत्यन्त शुभ रहनेछ। फजुल खर्च बढ्नाले आर्थिक समस्या आउनसक्छ।
कुम्भ राशि
याे महिना केही उतारचढावमय रहन सक्छ। राजनीतिक तथा सामाजिक क्षेत्रमा तपाईंको प्रभाव कम्जोर बन्न सक्छ। परिवारका साथमा आनन्दमय समय बिताउने मौका मिल्नेछ। खर्च बढ्नेछ। नयाँ कार्य सुरु यो महिना नगर्नु नै राम्रो होला। महिनाको उत्तरार्धमा आयस्रोत सबल बन्नाले धेरै समस्या समाधान हुनेछन्। स्वास्थ्यमा समस्या आउनसक्छ। खान-पानमा विशेष ध्यान दिनु पर्नेछ।
मीन राशि
तपाईंको लागि यो महिना मिश्रित रहनेछ। मिहिनेतले राम्राे उपलब्धि दिलाउनेछ। अध्ययनमा सोचे जस्तो सफलता नमिल्ना सक्छ। रमणीय यात्राको योग बन्नेछ। आफ्नो प्रतिभाले अरूलाई आकर्षित गर्न सकिनेछ। जिद्दी बानीले समस्या निम्त्याउन सक्छ। आफन्तसँग मनमुटावको स्थिति सिर्जना हुनसक्छ। महत्त्वपूर्ण काममा व्यवधान देखापर्नेछ। नयाँ कार्य सुरु गर्न तथा महत्वोपूर्ण निर्णय लिन समय उत्तम छैन।