ओलीले भने – ‘भ्रष्टाचारी बिरुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिन’

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीका बिरुद्ध बोल्दा मुखमा पानी हालेर नबोल्ने बताएका छन्।

शनिबार संविधान दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारीका बिरुद्ध बोल्दा मुखमा पानी हालेर नबोल्ने बताएका हुन्। ओलीले भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ भन्दै भ्रष्टाचारीलाई नछाड्ने स्पष्ट पारे।

संविधान दिवसका अवसरमा शनिबार सैनिक मञ्च टुुँडिखेलमा आयोजित विशेष समारोह

“अख्तियारको दुरुपयोग, भ्रष्टाचार र अनियमितता नियन्त्रण चुनौतिपूर्ण रहेको छ । मैले पटकपटक भन्दै आएको छु– ‘भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ र भ्रष्टाचारीका बिरुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिनँ ।”,उनले भने।

x]lnsf]K6/af6 ;+ljwfg lbj;sf] ;Gb]z
sf7df8f}F # c;f]h M;+ljwfg lbj;sf] cj;/df zlgaf/ ;}lgs d~r 6”Fl8v]ndf cfof]lht ljz]if ;df/f]xdf ;]gfsf] x]lnsf]K6/af6 ;+ljwfg lbj;sf] ;Gb]z k|rf/ ul/Fb} . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

सुशासन र पारदर्शीता विकासको अत्यावश्यक सर्त रहेको बताउँदै अख्तियारको दुरुपयोग, भ्रष्टाचार र अनियमितता नियन्त्रण चुनौतीपूर्ण रहेको भएपनि सरकारले उत्कृष्ट काम गरिरहेको उनले बताए।

संविधान दिवसका अवसरमा शनिबार सैनिक मञ्च टुुँडिखेलमा आयोजित विशेष समारोह

ख्तियार दुरुपयोग अनुसन्धान आयोगले मात्रै बितेका दुई आर्थिक वर्षमा ७९२ केसहरुमा मुद्दा चलाएको, राजश्व अनुसन्धान विभागले १ हजार २७ जनाविरुद्ध ३१ अर्ब ५ करोड भन्दा बढीको बिगो दाबीसहित राजश्व चुहावट, विदेशी मुद्रा अपचलन तथा अवैध हुण्डी कारोबारमा मुद्दा चलाएको उनले उदाहरण प्रस्तुत गरे।

प्रकाशित : शनिबार, असोज ०३, २०७७०७:४९

‘डा केसीको माग सम्बोधन गर’