मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

सामाजिक तथा सार्वजनिक जीवनमा मन-सम्मान बढ्नेछ। आर्थिक लाभ मिल्ने सम्भावना रहेको छ। दाम्पत्य जीवन सुखमय रहनेछ। वाहन सुख प्राप्त हुने देखिन्छ। प्रिय व्यक्तिसँगको भेटले मन प्रशन्न रहनेछ। व्यापरीहरुको लागि समय लाभदायक रहनेछ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

स्वास्थ्य राम्रो रहनेछ। निर्धारित कार्य सरलतापूर्वक सम्पन्न हुनेछ। बिमारी मानिसको स्वाथ्यमा सुधार आउनेछ। कार्यक्षेत्रमा सहकर्मीको भरपूर सहयोग मिल्नेछ। रोकिएका कार्य पूरा हुने सम्भावना रहेको छ। आमा- बुवाबाट लाभ मिल्ने देखिन्छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
नयाँ कार्य सुरु गर्नको लागि समय उत्तम छैन। जीवनसाथी तथा सन्तानको स्वास्थ्यमा विशेष ध्यान राख्नुहोला। अनावश्यक वाद-विवादमा पर्दा मानहानि हुनसक्छ, सतर्क रहनुहोला। शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव हुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

स्वास्थ्यमा समस्या आउनसक्छ, विशेषगरी छाती सम्बन्धि समस्याले सताउन सक्छ। सामाजिक तथा सार्वजनिक जीवनमा स्वाभिमान भंग हुनसक्छ, ध्यान राख्नुहोला। खर्चमा वृद्धि हुनेछ। यस दिन स्त्री वर्ग तथा पानीबाट सावधान रहनुहोला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

मित्रसँग घनिष्ठता बढ्नेछ। यात्राको योग बन्नेछ। आर्थिक लाभ मिल्ने सम्भावना रहको छ। भाग्यवृद्धिको योग रहेको छ। नयाँ कार्य सुरु गर्नको लागि दिन अनुकूल रहनेछ। प्रिय व्यक्तिसंग भेट हुँदा मन प्रशन्न हुनेछ। संगीत क्षेत्रमा विशेष रुचि बढ्नेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। तपाईंको मधुर बोलीले अरु मानिस प्रभावित हुनेछन्। यात्राको योग बन्ने देखिन्छ। स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ। वाणीमा संयम राख्नुहोला। व्यापर क्षेत्रमा विशेष सफलता मिल्ने देखिन्छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

रचनात्मक तथा सिर्जनात्मक क्षेत्रमा सफलता प्राप्त हुनेछ। तपाईंको मनोबल तथा आत्मविश्वास बढ्नेछ। मनोरंजन क्षेत्रमा पैसा खर्च हुनेछ। जीवनसाथी प्रतिको प्रेम बढ्नेछ। दाम्पत्य जीवनमा सुमधुरता छाउनेछ। स्वास्थ्य राम्रो रहनेछ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

तपाईंको यस दिन मोज-मस्ती तथा मनोरंजन क्षेत्रमा खर्च हुनेछ। शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव गर्नुहुनेछ। आफन्तसंग मनमुटावको स्थिति सिर्जना हुनसक्छ। वाणी तथा क्रोधमा संयम राख्नुहोला। व्यर्थको झै-झगडामा नपर्नुहोला।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तपाईंको लागि यस दिन लाभदायक रहनेछ। गृहस्थजीवन आनन्दपूर्वक बित्नेछ। प्रिय व्यक्तिसँगको भेट यादगार रहनेछ। प्रेम सम्बन्धमा ससुमधुरता छाउनेछ। आयको स्रोत बढ्नेछ। यात्राको योग बन्नेछ। कार्यक्षेत्रमा उच्च पदाधिकारी तपाईंसँग प्रशन्न रहनेछन्।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

व्यापार व्यवसायमा लाभ मिल्नेछ। यात्राको लागि शुभ दिन रहेको छ। आर्थिक लाभ मिल्ने सम्भावना रहेको छ। सरकारी क्षेत्रबाट लाभ मिल्ने देखिन्छ। पदोन्नतीको योग रहेको छ। सामाजिक मान-सम्मान बढ्नेछ। बुवाबाट लाभ मिल्नेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

शारीरिक थकान तथा मानसिक तनाबको महशुस हुनेछ। कार्यक्षेत्रमा उच्च पदाधिकारीसँग मनमुटाव हुनसक्छ। यात्रा तथा मनोरंजनमा खर्च हुनेछ। लामो यात्राको योग बन्नेछ। वैदेशिक क्षेत्रबाट शुभ समाचार मिल्नेछ। सन्तान सम्बन्धि विषयले मन चिन्तित रहन सक्छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

स्वास्थ्यमा विशेष ध्यान दिन जरूरी छ। आकस्मिक धन खर्च हुने देखिन्छ। कार्यक्षेत्रमा परिस्थति प्रतिकूल रहनेछन्। परिवारका सदस्यसँग मनमुटाव हुनसक्छ। आकस्मिक धन लाभ पनि हुनसक्छ। उपचारमा खर्च हुनेछ।

