चीनको लागि जासुसी गरेको भन्दै भारतमा एक नेपाली सहित तीन जना पक्राउ !

काठमाडौँ – चीनको लागि जासुसी गरेको भन्दै भारतले एक नेपाली नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ। चीनको लागि जासुसी गरेको र भारतको गोप्य सूचना चीनलाई दिएको आरोपमा दिल्ली पुलिसले एक नेपाली सहित तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतका स्वतन्त्र पत्रकार राजीव शर्मा पनि छन्। उनीहरु सेप्टेम्बर १४मा पक्राउ परेको भारतीय संचार माध्यमहरुले जनाएका छन्। पक्राउ परेका उनलाई प्रहरीले अदालतमा पेश गरी अनुसन्धानको लागि ६ दिन हिरासतमा राख्ने अनुमति समेत लिसकेको छ।

पक्राउ परेका शर्मा माथि अनुसन्धान गर्नेक्रममा अत्यन्तै संवेदनशील दस्तावेज फेला परेको र त्यसकै आधारमा गत शनिबार एक नेपाली नागरिक र एक चिनियाँ महिलालाई पनि पक्राउ गरीएको बताइएको छ।

दिल्ली पुलिसको विशेष सेलका डिसीपी संजीव कुमार यादवका अनुसार एक चिनियाँ महिला र उनका नेपाली सहयोगीले पत्रकार राजीव शर्मालाई ठूलो रकम दिएको पाइएको छ।

चीनको इन्टेलिजेन्सलाई संवेदनशील सूचना दिएको आरोप पत्रकार शर्मा माथि लगाइएको छ। शर्माको साथबाट ठूलो संख्यामा मोवाइल फोन, ल्यापटप र अन्य संवेदनशील सामग्रीहरु बरामद गरेको डिसीपी संजीव कुमार यादवले बताए।

पक्राउ परेका सबैको तस्विर समेत सार्वजनिक गरिएको छ। भारतीय संचार माध्यमहरुले पक्राउ परेका सबैको तस्विर सार्वजनिक गरेका हुन्। पक्राउ पर्ने नेपाली नागरिक को हुन् भन्ने बारे भने थप विवरण भने खुलाइउएको छैन।

प्रकाशित : शनिबार, असोज ०३, २०७७१०:४४

महानायक राजेश हमालले ११३ जना प्राविधिकलाई गरे आर्थिक सहयोग !