रोएर संविधानको विरोध: काम लागेन भन्दै साङ्गे समेत गरियो !

काठमाडौँ – सरकारले संविधानको मर्म र भावना विपरित कार्यहरु गरेको भन्दै राजधानीमा सामूहिक रुपमा रोएर विरोध प्रदर्शन गरिएको छ।

संविधान दिवसकै दिन वर्तमान सरकारले संविधानको मर्म र भावना विपरित कार्य गरेको भन्दै स्वतन्त्र राष्ट्रिय अभियानले सामूहिक रुपमा रोएर विरोध प्रदर्शन गरेको हो।

संविधान एक पवित्र र प्रगतिशील दस्तावेज भएपनि फरक-फरक पार्टीहरुले सरकारमा रहँदा संविधानको भावना विरोधी कार्यहरु गरेकोले औचित्यहीन बनेको भन्दै रोएर विरोध प्रदर्शन गरिएको अभियानले जनाएको छ।

अभियानका अभियन्ताहरुले माइतीघर मण्डला, कोटेश्वर र तीनकुनेमा आफ्नो बिरोध कार्यक्रम आयोजना गर्ने प्रयास गरेका पनि प्रहरीको हस्तक्षेपका कारण सफल हुन सकेन। जसपश्चात पशुपतिमा गएर विरोध गरिएको थियो ।

पशुपतिमा सम्पन्न कार्यक्रममा स्वतन्त्र राष्ट्रिय अभियान नेपालका केन्द्रीय सचिवालय सदस्य कृष्ण प्रसाईं, केन्द्रीय अर्थ विभाग प्रमुख बोधनाथ न्यौपाने, संगठन विभाग सदस्य सचिव दुर्गा बस्नेत, युवा तथा खेलकूद विभाग प्रमुख सेफर्ड लिम्बू, सञ्चार विभाग प्रमुख चर्चित ढूंगेलले कार्यक्रमको औचित्यबारे प्रष्ट पारेका थिए।

साथै उनीहरुले बोल्दै संविधान तुलनात्मक रुपमा प्रगतिशील भए पनि जनताले राष्ट्रप्रमुख प्रत्यक्ष रुपमा निर्वाचित गर्ने, राइट टु रिजेक्ट रिकलसहितको दुई दलीय प्रणालीका लागि राज्यको पुनर्संरचना र शासकीय स्वरुपमा समेत परिबर्तन जरुरी रहेको बताएका थिए । कार्यक्रमको अन्त्यमा संविधानको साङ्गे समेत गरिएको थियो ।

प्रकाशित : शनिबार, असोज ०३, २०७७१२:२६

खाल्डोमा डुबेर एक बालकको मृ-त्यु, २ घाइते !