आइतबार यसरी गर्नुहोस् सूर्यको पूजा, लाभै-लाभ मिल्नेछ !

काठमाडौँ। ग्रहहरुको राजा मानिएको सूर्य ग्रहले जन्मकुण्डलीमा फरक पार्ने गर्छ । जन्मकुण्डली हरेक व्यक्तिको जीवनमा ठूलो असर पार्छ । ज्योतिष शास्त्र अनुसार जन्मकुण्डलीमा सूर्य ग्रह बलियो छ भने त्यस्तो व्यक्तिको जीवनमा ठूलो सफलता मिल्ने र हरेक दुख कष्ट नाश हुने बताइएको छ । त्यस्ता मानिसहरु सरकारी जागिर देखि लिएर मान प्रतिष्ठा समेत बढ्ने रहेको उल्लेख गरिएको छ । जन्मकूण्डलीमा सूर्य ग्रहको कमजोर भएर रहेको छ भने त्यस्ता व्यक्ति जति संघर्ष गरेतापनि सफल हुन सक्दैनन् । आज हामी तपाईलाई सूर्य उदाउँदा गर्नुपर्ने कार्यहरुबारे बताउँन गइरहेका छौँ जसले भाग्य चम्काउनेछ ।

सूर्य ग्रह जन्मकुण्डलीमा कमजोर रहनु भनेको जीवनमा हरेक दुख कष्ट आइपर्नु हो । त्यसकार यस्तो प्रभाव बाट छुट्कारा पाउनको लागि आइतबार यस्ता कार्यहरु गर्नु जरुरी छ । हरेक आइतबार बिहानै नुहाउन राखिएको पानीमा रातो चन्दन, केशरी र केही गहुँका दानाहरु राखी ऊं घृणिः सूर्याय नमः जप गर्नुहोस् । यसरी हरेक आइतबार नुहाउने र मन्त्र जप गर्दा जीवनमा सफलता हाँसिल गर्न सकिनेछ ।

यसरी लिन सकिन्छ लाभ

१ एक वर्षसम्म हरेक आइतबार यस्तो कार्यलाई निरन्तरता दिनु भयो भने तपाईको जीवनमा आइपरेका हरेक समस्याहरु समाधान हुँदै जानेछन् । तपाईले गर्नु भएको व्यापार व्यवसाय नोकरीमा पनि सफलता मिल्नेछ ।

२.यदि तपाईले परिवार समाजबाट अपमान भएको जस्तो अनुभव भएको छ भने पनि माथि बताइएको तरिका अपनाएर ३१वटा आइतबार यस्तै कार्य गर्दै जानुहोस् त्यसो गर्नाले तपाईलाई मान सम्मान प्रतिष्ठा मिल्नेछ ।

३.जन्मकुण्डलीमा सूर्यग्रहको कमजोरी हुुने मानिसलाई आँखाको समस्या हुने भएकाले २७ वटा आइतबार यस्तो कार्य गर्नसक्नुहुनेछ ।

४.सूर्यग्रहले जन्मकुण्डलीमा पारेको असरले आर्थिक संकट समेत आइपर्न सक्नेछ त्यसकारण यस्तो समस्याबाट बच्नको लागि ३१ वटा आइतबार माथि अपनाइएको तरिका ले तामाको भाँडोमा पानी राखेर उदाउँदो सूर्यलाई अर्घ सदनुहोस् जसले गर्दा मनग्य धन लाभ हुनुको साथै आर्थिक संकट हटेर जानेछ । त्यसपछि धन सञ्चय पनि हुँदै जानेछ ।

वास्तु दोषबाट छ्ट्कारा पाउने उपाय

१.हरेक आइतबार सूर्य यन्त्रमा रातो चन्दन अर्पण गर्ने भएकाले कुण्डलीको सम्पूर्ण दोष नष्ट भएर जानेछ ।

२.घरको पूर्वी भागमा तामाको सूर्य यन्त्र राख्नाले सूर्य दोषबाट मुक्ति पाउन सकिन्छ ।

३.शरिरमा छाला सम्बन्धी रोगहरु छन् भनेपनि आइतबार नुनको प्रयोग नगरि खाना खाने गर्नाले निको हुनसक्छ ।

प्रकाशित : शनिबार, असोज ०३, २०७७१३:३४

वास्तु टिप्स: साताको यी दिनमा भुलेर पनि नटिप्नुस तुलसीको पात, हुन्छ अशुभ !