काठमाडौँ – तेल बोक्ने ट्यांकर त्रिशूलीमा खसेको छ। अमलेखगञ्जबाट काठमाडौँ तर्फ आउँदै गरेको तेल बोक्ने ट्यांकर शनिबार राति त्रिशूलीमा खसेको हो।
शनिबार मध्यराति पृथ्वी राजमार्गस्थित गल्छी बैरेनीको नमस्ते ग्यास उद्योग नजिकको मोडबाट पेट्रोल बोक्ने ट्यांकर त्रिशूलीमा खसेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।

त्रिशूलीमा खसेपछि ट्यांकरमा आगलागी समेत भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बताए । नदीमा खसेको ट्यांकरको माथिल्लो भाग मात्र देखिएको छ।
नदीमा पानीको बहाव उच्च रहेका कारण तथा माथिल्लो भाग मात्रै देखिएका कारण उद्धार हुन सकेन। उक्त ट्यांकरमा चालकसहित कति जना थिए भन्ने खुल्न सकेको छैन।
![]()
उद्धार सम्भव नभएपछि चितवनको कुरिनटारबाट सशस्त्र प्रहरीको गोताखोर बोलाइएको छ ।
![]()
