आज कुन देशको मुद्राको मूल्य कति ? हेर्नुहोस् नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर !

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय १७ रुपैयाँ २२ पैसा र विक्रिदर एक सय १७ रुपैयाँ ८२ पैसा तोकेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज साउदी अरवको रियालको खरिददर ३१ रुपैयाँ २५ पैसा र विक्रिदर ३१ रुपैयाँ ४१ पैसा रहेको छ। शनिबार नेपाल राष्ट्र बैंकले तोकेको विनिमयमा आज कुनै पनि परीवर्तन भएको छैन।

नेपाल राष्ट्र बैंकले तोके अनुसार विभिन्न देशका मुद्राको विनियम दर निम्न छन्।

– कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १९ पैसा र विक्रिदर ३२ रुपैयाँ ३६ पैसा ।

– युएई दिर्हाम एकको खरिददर ३१ ९१ पैसा र विक्रिदर ३२ रुपैयाँ ०८ पैसा।

– मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४१ पैसा र विक्रिदर २८ रुपैयाँ ५६ पैसा।(शुक्रबारको तुलनामा वृद्धि)

– कोरियन वन १ सयको खरिददर १० रुपैयाँ १० पैसा र विक्रिदर १० रुपैयाँ १८ पैसा।(शुक्रबारको तुलनामा वृद्धि)

– एक कुवेती दिनारको एकको खरिददर ३ सय ८३ रुपैयाँ ५७ पैसा र विक्रिदर ३ सय ८५ रुपैयाँ ५४ पैसा।

– एक बहराइन दिनार एकको खरिददर ३ सय १० रुपैयाँ ८९ पैसा र विक्रिदर ३ सय १२ रुपैयाँ ४८ पैसा।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्ने व्यवस्था रेहको छ।

प्रकाशित : आइतबार, असोज ०४, २०७७०४:०९

यस्तो छ आजको सुनचाँदीको मूल्य !