संसारकै यस्तो अनौठो गाउँ जहाँ छोरीको बिहेमा दिइन्छ सर्प दाइजो!

छोरीको विवाह गर्दा केटा पक्षलाई दाइजो दिने प्रथा हाम्रो समाजमा कुनै नयाँ हैन। हाम्रै देशका केहि समुदायमा दाइजोको नाममा गाडी, पैसा दिने गरिन्छ। तर के तपाईले सुन्नु भएको छ कि दाइजोमा वि-षालु सर्प पनि दिइन्छ। तपाई यो कुरा जानेर चकित हुन सक्नुहुन्छ तर यो कुरा सत्य हो। भारतको मध्य प्रदेशको एक विशेष समुदायमा यो प्रचलन प्रचलित छ।

मध्य प्रदेशको गौरिया समुदायका मानिसहरुले आफ्नो छोरीको विवाहमा दाइजोका रूपमा २१ वटा वि-षालु सर्प दिने गर्छन्। यस समुदायमा शताब्दीऔ देखि यो परम्परा चली आएको छ। उनीहरुको यो विश्वास छ कि यदि यस समुदायका कुनै व्यक्तिले आफ्नी छोरीलाई बिहेमा दाइजोको रूपमा सर्प दिएन भने उसको छोरीको विवाह छिट्टै टुट्छ।

वास्तवमा यस समुदायका मानिसहरुको मुख्य व्यवसाय भनेको नै सर्प समात्नु र मानिसहरूलाई देखाएर पैसा कमाउनु हो। यही कारणले गर्दा छोरीको बुवाले सर्प दाइजोको रूपमा दिन्छन्, जसले गर्दा उनका ज्वाई ती सर्पहरू मार्फत कमाउन सकुन्। यस समुदायमा सर्प सुरक्षित राख्नका  लागि कडा नियमहरू बनाइएको छ। भनिन्छ कि यदि सर्प तिनीहरूको बक्समा म-रे भने सम्पूर्ण परिवारले मुण्डन गर्नु पर्छ। साथै, समुदायका सबै मानिसमा भोज गर्नु पर्दछ।

प्रकाशित : आइतबार, असोज ०४, २०७७०८:१८

दुनियाको एक मात्र यस्तो देश, जहाँ कानुनी रुपमा सम्बन्ध विच्छेद गर्नै मिल्दैन !