बो-क्सीको आरोपमा सिरहाको नवराजपुर गाउँपालिकामा एक महिलामाथि कु-टपिट भएको छ । स्थानीयवासीको कु-टपिटबाट घाइते नवराजपुर–५ कसुन्डी निवासी ४५ वर्षीया मूर्तिदेवी यादवको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको आफन्तजनले जनाएका छन् ।
गाउँका एक बच्चा बिरामी भएको र अर्का एक जनाको च-ट्याङ लागेर मृत्यु भएको विषयमा मूर्तिदेवीले टुनामुना गरी बो-क्सी लगाएको आरोप लगाउँदै स्थानीयवासी धर्मनाथ यादव, उहाँका छोरा सन्तोष र सोही ठाउँका देवनाथ यादव, कृष्ण यादव, ब्रह्म यादव लगायतले मूर्तिदेवीलाई नि-र्घात कु-टपिट गरेका मूर्तिदेवीका छोरा गणेश यादवले जानकारी दिनुभयो ।
“गत भदौ २९ गते राति आमा घरमा सुतिरहनुभएको थियो”, उहाँले भन्नुभयो, “स्थानीयवासीले तथानाम गाली गर्दै आमालाई घरबाट बाहिर निकालेर सडकमा लगि नि-र्घात कु-टपिट गरे, पछि खेतमा लगेर फालिदिए ।” कु-टपिट गर्नेहरुले प्रहरीमा उजुरी गरे चोरीको आरोपमा फसाई दिने ध-म्की दिँदै आएको उहाँको गुनासो छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिकराम शर्माले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।