यदी तपाईलाई कम्मर दुख्ने समस्या छ भने अपनाउनुहोस यी ४ घरेलु उपाय,!

धेरै मानिसलाई कम्मर दुख्ने समस्या हुनसक्छ। यो समस्याको कारण कार्यक्षेत्रमा थुप्रै समस्या आउनसक्छ। आज हामी तपाइलाई कम्मर दुखाइको समस्यालाई कसरी हटाउन सकिन्छ भनेर बताउछौ।

अदुवा र मह 

यदि तपाईलाई कम्मर दुख्ने समस्याले सतायो भने अदुवालाई तातो पानीमा भिजाएर राख्नुहोस् र त्यसमा मह मिलाएर सेवन गर्नुहोस्। यसको अलावा अदुवाको तेलले कम्मरमा मसाज गर्नुहोस्। त्यस्तै, तुलसीको पात तातो पानीमा भिजाउनुहोस् र यसमा मह मिलाएर सेवन गर्नुहोस्।

लसुन 

लसुनले खानाको स्वाद बढाउन मात्र हैन स्वास्थ्यमा पनि धेरै फाइदा पुर्‍याउँछ। लसुन कम्मर दुखाइको लागि पनि एक लाभदायक उपाय मानिन्छ। यसको लागि, लसुनको ८ देखि १० पोटि लिनुहोस् र यसको पेस्ट तयार गर्नुहोस्। अब तयार पेस्ट कम्मरमा लगाउनुहोस् वा कम्मरमा यो पेस्ट प्रयोग गरेर मालिस गर्नुहोस्। यसो गर्नाले तपाईलाई केहि दिनहरूमा कम्मर दुख्ने समस्याबाट राहत मिल्नेछ।

आइस प्याक 

बरफ कुनै पनि प्रकारको दुखाई हटाउनमा धेरै उपयोगी हुन्छ। कम्मर दुखाईको समस्यामा पनि आइस प्याकको प्रयोग गर्न सकिन्छ। यो गरेर तपाईले धेरै आराम पाउनुहुनेछ। यस प्याकले तपाईको कम्मर सुन्नेको छ भने पनि राहत प्रदान गर्छ।

बेसार 

बेसारले शरीरमा दुखाइ र सुन्नेको कम गर्न रामबाण औषधीको जस्तो काम गर्दछ। त्यस्ता समस्यामा डाक्टरहरूले पनि दुधमा बेसार मिलाएर सेवन गर्न सल्लाह दिन्छन्। यदि तपाई पनि कम्मर दुखाईबाट पीडित हुनुहुन्छ भने बेसार मिलाएको दुध सेवन गर्न सक्नुहुनेछ।

 

प्रकाशित : आइतबार, असोज ०४, २०७७१०:४३

दिनहु यसरी लसुन र महको मिश्रण बनाइ खादा हुनेछ यस्ता अचुक फाइदा!