मेष राशि
यस हप्ता विशेष गरी गुरु तथा वरिष्ठ व्यक्तिको मार्गदर्शन प्राप्त हुनेछ। परिवारका अग्रजको भरपूर सहयोग प्राप्त हुनेछ। केहि अधुरा रहेका कार्य सफलताका साथ पूरा हुनेछ। फलामका व्यापारीहरूले राम्रो नाफा पाउनेछन्। स्वास्थ्यमा समस्या आउनसक्छ, कब्जियतको समस्याले सताउन सक्छ। बुवाको स्वास्थ्यमा विशेष ध्यान दिनुहोला। दाम्पत्य जीवन सुखमय रहनेछ।
वृष राशि
यस हप्ता व्यावसायिक क्षेत्रमा विशेष सफलता मिल्नेछ। मानसिक तनाब बढ्नेछ। कार्यक्षेत्रमा परिस्थिति अत्यन्त शुभ रहनेछ। साझेदारीमा काम गर्ने मानिसको पार्टनरसँग मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। अनावश्यक वाद-विवादमा फस्न सकिन्छ, ध्यान राख्नुहोला। सुन र चाँदीको कारोबारमा भने नोक्सान हुनसक्छ। हप्ताको अन्त्यतर साथी-भाईसँग रमणीय यात्राको योग बन्नेछ।
मिथुन राशि
यो हप्ता तपाईं सामाजिक कार्यमा व्यस्त हुनुहुनेछ। रोजगारीसँग सम्बन्धित व्यक्तिहरू यस हप्ता सतर्क रहनुपर्छ, उच्च अधिकारीहरूसँग सम्बन्ध सुमधुर बनाउने प्रयास गर्नुहोला। खानपानमा विशेष धान दिन जरूरी देखिन्छ। यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला। आम-बुवाको स्वास्थ्य चिन्ताको विषय बन्न सक्छ। घर परिवारमा सुख-शान्तिमय वातावरण बन्नेछ।
कर्कट राशि
यो हप्ता आलस्यको कारणले केहि महत्वपूर्ण कार्य बिग्रिन पनि सक्छ, सजग रहुनुहोला। कटु वचनको कारण समस्या निम्तिन सक्छ, वाणीमा संयम राख्नुहोला। व्यापारको बारेमा कुरा गर्दै, वित्तसँग सम्बन्धित व्यक्तिहरूले राम्रो नाफा कमाउँनेछन्। स्वास्थ्य दृष्टिकोणबाट हेरा हृदय रोगीहरु सतर्क हुनु पर्छ। अधुरा रहेका केहि कार्य सरलतापूर्वक सम्पन्न हुने देखिन्छ।
सिंह राशि
यो हप्ता वाणी तथा क्रोधमा संयम राख्न अत्यन्त जरूरी देखिन्छ। कुनै प्रकारको प्रतिस्पर्धामा सफलताको पूर्ण सम्भावनाहरू छन्। कार्यक्षेत्रमा पदोन्नती प्राप्त हुने योग रहेको छ। सहकर्मीको भरपूर साथ सहयोग मिल्नुका साथै गरेको कामको सम्मान पनि हुन्छ। व्यापार क्षेत्रमा आकस्मिक लाभ मिल्ने सम्भावना रहेको छ। प्रियजनहरूको सहयोगमा रोकिएका काममा प्रगति हुनेछ।
कन्या राशि
यो हप्ता तपाईंको लागि सामान्य रहने देखिन्छ। कार्यक्षेत्रमा नयाँ अवसर मिल्नुका साथै जिम्मेवारी बढ्नेछ। साथी-भाईको सहयोगमा जस्तो सुकै कठिनाई पनि सरलताका साथ पार गर्न सकिनेछ। व्यापार व्यवसायमा समय अनुकूल छैन। नोक्सान भोग्नु पर्ने हुनसक्छ। स्वास्थ्य राम्रो रहनेछ। खानपानमा ध्यान दिनुहोला। परिवारका सदस्यका साथ मनमुटाव नहोस्, ध्यान राख्नुहोला।
तुला राशि
यस हप्ता तपाईं जटिल कार्यहरू पनि सजीलै गर्न सक्नुहुनेछ। आर्थिक अवस्था मजबूत हुनेछ, पुरानो ऋणबाट पनि मुक्त हुनुहुनेछ। आधिकारिक कामको लागि तपाईको सार्वजनिक रूपमा प्रशंसा हुनेछ। स्वास्थ्यको हिसाबले कम्मरको तल्लो भागमा दुखाइ वा सुन्निने गुनासो हुन सक्छ। गर्भवती महिलाहरू यस समयमा सतर्क रहन जरूरी छ। दाम्पत्य जीवान आनन्दमय रूपले बित्नेछ।
वृश्चिक राशि
यस हप्ता तपाईले कार्य सफलता पाउनको लागि परिश्रम र कडा परिश्रम गर्नु पर्ला। साथै, मनको इच्छा पूर्ति हुनाले मन प्रशन्न रहनेछ। कार्यक्षेत्रमा उच्च पदाधिकारीको प्रोत्शान मिल्नेछ। पदोन्नती मिल्ने सम्भावना रहेको छ। शिक्षा क्षेत्रमा विशेषज साफ्लाता मिल्ने देखिन्छ। व्यवसायमा आय भन्दा व्यय बढी हुने देखिन्छ। यदि केही कारणले गर्दा पैतृक सम्पत्ती को बारेमा विवाद छ भने यो हप्ता राम्रो समाचार प्राप्त हुनेछ।
धनु राशि
यो हप्ता धर्म कर्ममा मन लाग्नेछ। मिहेनत अनुसार कार्य सफलता प्राप्त हुनेछ। मनमा नकारात्मक भावना उत्पन्न हुनसक्छ। आजीविकाको क्षेत्रमा हप्ताको मध्यपछि भने बढी कडा परिश्रम पछि मात्र कार्य साफलता प्राप्त गर्नुहुनेछ। नयाँ कार्य प्रारम्भ गर्नको लागि यो हप्ता अत्यन्त शुभ रहनेछ। परिवारमा वाद-विवादको स्थिति सिर्जना हुनसक्छ। स्वास्थ्यमा पनि नकारात्मक असर पर्ला, ध्यान दिनुहोला।
मकर राशि
विभिन्न क्षेत्रमा हात हाल्दा नोक्सान भोग्नु पर्ने हुनसक्छ, ध्यान दिनुहोला। कार्यक्षेत्रमा परिस्थिति सोचे जस्तो अनुकूल नहोला। उच्च पदाधिकारीसँग मनमुटावको स्थिति सिर्जना हुनसक्छ। आर्थिक लेन-देन गर्दा विशेष सावधान रहन जरूरी छ। व्यापार व्यवसाय क्षेत्रमा समय अत्यन्त शुभ रहने देखिन्छ। विद्यार्थी वर्गको लागि समय शुभ रहनेछ। स्वास्थ्यमा ध्यान दिनुहोला। सामाजीक क्षेत्रमा संलग्न बढ्नेछ।
कुम्भ राशि
यो हप्ताको कुनै महत्वपूर्ण निर्णय लिँदा वरिष्ठको राय निश्चित रूपमा लिनुहोस् किनकि नकारात्मक ग्रहको स्थितिले नकारात्मक अवस्था सिर्जना गरिरहेको छ। सरकारी विभागसँग सम्बन्धित व्यक्तिहरूले हप्ताको अन्तिम दिनहरूमा लाभ लिन सक्नेछन्। व्यापार व्यवसायीहरुले विशेष लाभ प्राप्त गर्ने सम्भावना छ। स्वास्थ्यमा समस्या आउनसक्छ, सतर्क रहनुहोला।
मीन राशि
शारीरिक तथा मानसिक रूपले स्वास्थ्यमा नकारात्मक असर पर्ने देखिन्छ। कला क्षेत्रका मानिसले नयाँ नयाँ अवसर प्राप्त गर्नेछन्। कार्यक्षेत्रमा सहकर्मीको भरपूर सहयोग मिल्नेछ। स्त्री मित्रबाट विशेष लाभ मिल्ने देखिन्छ। औषधिको कारोबार गर्नेहरूले राम्रो नाफा पाउँछन्। स्वास्थ्यको हिसाबले मानसिक तनावको कारण धेरै रोगहरू निम्तिन सक्छ।