दुनियाको एक मात्र यस्तो देश, जहाँ कानुनी रुपमा सम्बन्ध विच्छेद गर्नै मिल्दैन !

आजको समयमा दुनियाभरमा सम्बन्ध विच्छेद कानुनी छ। कुनै पनि वैवाहिक जोडी एक-अर्कासँग सम्बन्ध राम्रो भएन भने सम्बन्ध विच्छेद गरेर अलग अलग बस्न सक्छन्। सम्बन्धविच्छेदको बारेमा प्राय: सबै देशहरूमा कानुन पनि छ। तर विश्वमा एक यस्तो देश छ जहाँ सम्बन्ध विच्छेदको कुनै प्रावधान छैन।

यस संसारमा फिलिपिन्स मात्र यस्तो देश हो जहाँ सम्बन्धविच्छेदको व्यवस्था छैन। वास्तवमा फिलिपिन्स क्याथोलिक देशहरूको समूहमा पर्छ। क्याथोलिक चर्चको प्रभावका कारणले नै यस देशमा कुनै सम्बन्धविच्छेदको प्रावधान छैन। २०१५ मा, पोप फ्रान्सिस फिलिपिन्सको भ्रमण गर्दा उनले देशका धार्मिक नेताहरूलाई सम्बन्धविच्छेद गर्ने क्याथोलिकप्रति सहानुभूतिशील दृष्टिकोण राख्न अपील गरे। तर फिलिपिन्समा ‘सम्बन्धविच्छेद क्याथोलिक’ अपमानजनक मानिन्छ।

पोप फ्रान्सिसलाई अब गर्व छ कि फिलिपिन्स संसारको एक मात्र त्यस्तो देश हो जहाँ सम्बन्धविच्छेद गर्न सकिदैन। फिलिपिन्समा वैध कानून बनाउने बिल पहिले नै छ। तर राष्ट्रपति बेनिग्नो एक्नोको समर्थन बिना कानुन बनाउन गाह्रो छ।

प्रकाशित : सोमबार, असोज ०५, २०७७१६:०९

आखिर कसरी हावामा उड्छन् त विशेष प्रजातिका सर्प ? यस्तो रहेछ तथ्य !