जब छोराले आफ्नै पिताको ज्यान लिएर गुपचुप अन्तिम संस्कार गरे …

काठमाडौँ – आफ्नै पिताको ज्यान लिएको आरोपमा तनहुँबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। आफ्नै पितालाई धकेलेर ज्यान लिएको आरपमा प्रहरीले तनहुँको आँबुखैरेनीका एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा तनहुँको आँबुखैरेनीका २१ वर्षीय वीरमान गुरुङ रहेका छन्। घटना भएको करिब एक हप्ता पछि मात्रै उनलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले बताएअनुसार घटना भदौ ३१ गते भएको थियो।

कसरी भयो घटना ?

वीरमानका पिता ४१ वर्षीय राजकुमार गुरुङलाई म-दिरा सेवन गर्ने ल-त थियो। जसकारण दैनिक उनको परिवारमा कलह हुन्थ्यो। भदौ ३१ गते पनि त्यस्तै कलह भयो। राजकुमारले आफ्ना छोरा र बुहारीसँग झगडा गरे। उनको छोरा–बुहारीलाई घर छाड्न भने।

जसपश्चात छोरा–बुहारीले आफ्ना-आफ्ना आमन प्याक गरे र गाईवस्तु सहित निस्किन खोजे। तर, राजकुमारले गाईवस्तु लैजान दिएनन्। त्यसले छोरा वीरमानलाई क्रोधित बनायो। उनले छोराले राज कुमारलाई हुत्याए। आँगनमा बजारिँदा उनको ज्यान गयो ।

गुपचुप अन्तिम संस्कार

ज्यान गुमाएका राजकुमारको गाउँका सिमित मान्छे भेला भएर जातीय परम्परा अनुसार अन्तिम संस्कार गरियो। तर, घटना लुक्न भने सकेन। गाउँमा भएको घटना प्रहरी सम्म पुग्यो। प्रहरीले राजकुमारको शव निकालेर प्रहरीले पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठायो भने उनका छोरा वीरमानलाई पक्राउ गरियो।

आवेगमा धकेल्दा बाबुको ज्यान गएको छोरा वीरमानले स्वीकारिसकेको प्रहरीले जनाएको छ। वीरमानलाई जिल्ला अदालत तनहुँबाट १० दिनको म्याद लिएर इलाका प्रहरी कार्यालय आबुखैरीनको हिरासतमा राखिएको छ ।

प्रकाशित : सोमबार, असोज ०५, २०७७१२:५२

नेपाल अहिले सम्मकै बढी कोरोना संक्रमितको मृत्यु !