नेपाल अहिले सम्मकै बढी कोरोना संक्रमितको मृत्यु !

काठमाडौँ – कोभिड –१९को सङ्क्रमणबाट आज एकै दिन ११ जिल्लाका १६ जनाको निधन भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँ उपत्यकाका छ जनासहित १६ जनाको निधन भएको जानकारी दिए । निधन हुनेमा तीन महिला र १३ पुरुष छन् ।

यससँगै नेपालमा कोरोनाबाट अहिलेसम्म निधन हुनेको सङ्ख्या ४२७ पुगेको छ । नेपालमा सङ्क्रमणबाट निधन हुने सङ्क्रमितमध्येबाट ०.७ प्रतिशत हो । मुलुकमा अहिलेसम्म ६५ हजार २७६ जनामा सङ्क्रमण देखिएको छ ।

आज निधन हुनेमा काठमाडौ जिल्लाका ५८ र ७३ वर्षीय पुरुष, भक्तपुरका ८४ र ६२ वर्षीय पुरुष तथा ललितपुरका ५८ वर्षीया महिला र ६१ वर्षीय पुरुष छन् ।

यस्तै झापाका ७२ वर्षीय पुरुष, सुनसरीका ४९ वर्षीय पुरुष, पर्साका ८८ वर्षीय पुरुष, मकवानपुरका १७ वर्षीया महिला र ६८ वर्षीय पुरुष, चितवनका ५५ वर्षीय पुरुष, दोलखाकी ५२ वर्षीया महिला, रुपन्देहीका ६७ वर्षीय पुरुष तथा बाँकेका ५० र ५९ वर्षीय पुरुष छन् । यस्तै विगत २४ घण्टामा एक हजार पाँच जना सङ्क्रमणमुक्त भई घर फर्किएका छन् ।

उपत्यकामा ६७४ कोरोना संक्रमित थपिँदा अन्य ठाउँमा कति थपिए ? 

सोमबार देशभर  १ हजार १ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६५ हजार २ सय ७६ पुगेको छ।

पछिल्लो २४ घण्टामा  हजार ५ जना डिस्चार्ज भएसँगै हालसम्म निको हुनेको कुल संख्या ४७ हजार २३८ पुगेको छ।

आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६११ रहेको छ ।

उपत्यकामा छ सय भन्दा बढी संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा उपत्यकामा मात्र ६ सय ७४ जना संक्रमित फेला परेका छन्। जस मध्ये ५ सय ३८ जना काठमाडौँमा भेटिएका हुन् भने ललितपुर र भक्तपुरमा क्रमश ७४ र ६२ जना फेला परेका हुन्।

अन्य जिल्लामा कति ? हेर्नुहोस् विवरण –

प्रकाशित : सोमबार, असोज ०५, २०७७१३:१४

पीसीआर परीक्षण गराउन लुकी-लुकी नेपाल घुस्छ्न् भारतीय, काठमाडौँ सम्म आइपुग्छन् !