कोरोना महामारीका बीच ७१ हजार बढी नेपाल फर्किए ! कुन देशबाट कति ? [विवरण सहित]

काठमाडौँ – कोरोना भाइरसको महामारी शुरु भएपछि नेपालमा विदेशबाट ७१ हजार भन्दा बढी नेपाली विदेश फर्किएका छन्। कोरोनाभाइरस महामारी पछिको लकडाउन तथा निषेधाज्ञाका बीच चार्टर र नियमित उडानमार्फत ७१ हजार ७३५ नेपाली स्वदेश फर्किएका हुन्।

सोमबार सम्म विभिन्न ३१ देशबाट उक्त संख्यामा नेपाली स्वदेश फर्किएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ। सबैभन्दा धेरै युएईबाट फर्किएका छन्। अहिले सम्म युएईबाट मात्रै २० हजार ६ सय ९७ नागरिक नेपाल फर्किएका छन्।

त्यसपछि साउदी अरेबिया, मलेसिया र कतारबाट धेरै नेपाल फर्किउएका छन्। सोमबार सम्म साउदीबाट १० हजार ८ सय ५८, मलेसियाबाट १० हजार ७ सय ५८ र कतारबाट ९ हजार १ सय ७१ नागरिक नेपाल फर्किएका छन्।

सोमबार पनि साउदी, हङकङ, कतार, युएई र मलेसियाबाट नेपाली स्वदेश फर्किएका छन् । सोमबार आएका उनीहरुलाई होल्डिङ सेन्टरबाट व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षणलगायतका आवश्यक प्रक्रिया पुरा गरेपछि प्रदेशहरुको समन्वयमा क्यारेन्टाइन पठाइएको छ।

प्रकाशित : सोमबार, असोज ०५, २०७७१५:११

सबै तरकारी महँगो: गोलभेँडाको मूल्य १८० रुपियाँसम्म पुग्यो !