न्यायलाई गिज्याउँदै नन्दप्रसादको श-व

काठमाडौँ – न्याय माग्दै भोक हडतालमा रहेका नन्दप्रसाद अधिकारीको श-व ६ वर्षदेखि त्रिवि शिक्षण अस्पतालको श-वगृहमा छ। उनी बितेपछि नेपालमा पाँचपटक सरकार परिवर्तन भए तर नन्दप्रसादको अझै दाहसंस्कार हुन सकेको छैन। दाहसंस्कारको दायित्व सरकारको हो तर अझै पूरा हुन सकेको छैन। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ

छोराको ह-त्यामा संलग्नलाई कारबाहीको माग गर्दै गोरखा फुजेलका नन्दप्रसाद र गंगामायाले २०६९ सालमा आमरण अनसन सुरु गरेका थिए। अनशनकै क्रममा नन्दप्रसादको २०७१ असोज ६ मा निधन भएको थियो। पतिको निधनपछि पत्नी गंगामाया वीर अस्पतालमै सत्याग्रहमा छिन्।

राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य सुशील प्याकुरेलले सरकारको संवेदनशीलता घटेको बताए। ‘नन्दप्रसादको मृ-त्युपछि यस अवधिमा पाँचपटक सरकार बने। तर कसैको ध्यान नजानु विडम्बना हो’, उनले भने। नन्दप्रसादको मृ-त्यु हुँदा सुशील कोइराला प्रधानमन्त्री थिए। त्यसपछि केपी ओली, पुष्पकमल दाहाल, शेरबहादुर देउवा हुँदै अहिले फेरि ओली नै प्रधानमन्त्री छन्।

‘राज्यसँग माग राखेर भोक हडतालमा बसेका बेला मृ-त्यु भएपछि श-वको व्यवस्थापन राज्यले नै गर्नुपथ्र्यो। यो राज्यको दायित्व हो। मृ-त्युपछि दाहसंस्कार गरिनुपर्छ। छिटोभन्दा छिटो दाहसंस्कार गर्नुपर्छ’, प्याकुरेलले भने। संक्रमणकालीन न्यायका कारण नन्दप्रसादको दाहसंस्कार रोकिएको भन्न नमिल्ने उनले बताए। सरकारको कस्टडीमा रही भोक हडतालका कारण मृ-त्यु भएकाको दाहसंस्कार गर्नुपर्ने दायित्व पनि सरकारको नै हुने उनले स्पष्ट पारे। कोभिडबाट मरेकाको लास सरकारले जसरी बेवारिसे गराउन मिल्दैन, त्यसैगरी जुनसुकै व्यक्तिको पनि जिम्मा सरकारले नै लिनुपर्ने उनले बताए।

प्रकाशित : मङ्गलबार, असोज ०६, २०७७०३:३७

मन्त्रीबाट हट्ने र नयाँ मन्त्री बन्नेको लिस्ट बन्दै ! यस्तो छ सम्भावना …