लुइस सुवारेजले इटालियन नागरिकता परीक्षामा परीक्षा लिनु अघि नै प्रश्न र अंक तोकेको भन्ने आरोप लागेको छ। अनुसन्धान अधिकारीहरूले बार्सिलोना स्ट्राइकरको जुभेन्टस सरुवा प्रक्रियामा घटेको यो घटनाहरूको अनुसन्धान गर्दैछ।
नयाँ प्रशिक्षक रोनाल्ड कोमनले सुवारेज आफ्नो रणनीतिमा नरहेको जनाएपछि जुभेन्टसले उरुगुवेन खेलाडीलाई भित्राउन कोशिस गरेको थियो। सुवारेज इटालियन महिलासँग वैवाहिक सम्बन्धमा रहेकोले जुभेले उनलाई इटालियन राहदानी लिने विकल्पको खोजी गर्यो ताकी उनले क्लबमा गैर ईयूको स्थान लिने छैनन्।
पासपोर्ट सम्बन्धि परिक्षाको लागि सुवारेज पेरुगिया पुगे र त्यहाँ ‘बी १’ मूल्यांकन पास पनि गरे। तर अब पेरुगियाको अभियोजक र गार्डिया डि फिन्न्जाको कार्यालयले उक्त प्रक्रियामा कथित अनियमितताहरू भएको भन्दै अनुसन्धान सुरु गरेको छ। उनी माथि परिक्षा अघि नै प्रश्नको विषयमा सहमति भएको र अंक पनि पहिले नै तोकिसकेको भन्ने आरोप छ।
सम्बन्धित अधिकारीहरूको विज्ञप्तिमा यस्तो लेखिएको छ: “अनुसन्धानको क्रममा लुइस सुवारेजले इटालियन नागरिकता लिनको लागि लिइएको परीक्षामा अनियमितता गरेको देखा पर्यो।” “अनुसन्धान गतिविधिहरुबाट यो बाहिर निस्कियो कि परीक्षामा सोधिएका विषयहरुमा पहिले नै सहमति भइसकेको थियो र परीक्षा अघि नै अंक तोकिदिएको थियो।”
“आज वित्तीय पुलिसले पेरूगिया युनिभर्सिटीमा दस्तावेजी अधिग्रहण गरिरहेको छ जसमा कार्यालयले गरेको अपराधको रहस्य बारे खुलासा गर्न र सार्वजनिक अधिकारीहरूले गरेका वैचारिक झूटको पुष्टि गर्नको लागि सूचना दिईएको छ।”