काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा १ हजार भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर रहेका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट आज १ हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले देशभर १ हजार ३ सय ५६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिए। योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६६ हजार नाघेको छ । आजसम्म ६६ हजार ६३२ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ८ सय २ जना कोरोनाबाट मुक्त भएका छन्। जससँगै नेपालमा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ४८ हजार ०६१ पुगेको छ।
यस दिन ११ हजार १ सय ५४ जनाको पिसिआर परीक्षण भएको छ।
उपत्यकामा ६ सय भन्दा बढी कोरोना संक्रमित
काठमाडौं उपत्यकामा मंगलबार थप ६ सय ४७ जनामा संक्रमण देखिएको छ ।
उपत्यकाको काठमाडौं जिल्लामा ५ सय ११ जना, ललितपुर जिल्लामा ७३ जना र भक्तपुर जिल्लामा ६३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कुन जिल्लामा कति ?
श्रोत: स्वास्थ्य मन्त्रालय