“सत्याग्रहीमाथिको दुर्व्यवहारः क्रुरताको पराकाष्ठा, सरकारले पतनको बाटो रोज्यो”

फाइल तस्बिर

काठमाडौँ – वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलाई टिचिङ अस्पताल नलगी जबरजस्ती राष्ट्रिय ट्रमा सेन्टर लगिएको प्रति नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य गगन थापाले आपत्ति जनाएका छन्। थापाले सामाजिक संजाल मार्फत आपत्ति जनाएका हुन्।

रिष्ठ चिकित्सक डा. गोविन्द केसीलाई टिचिङ अस्पताल नलगी जबरजस्ती राष्ट्रिय ट्रमा सेन्टर लागिनुलाई थापाले क्रु-रताको पराकाष्टा भनेका छन्। सत्याग्रहीलाई इच्छा विपरित छुन पनि नपाइने हुँदा जबरजस्ती गरिनुले सरकार क्रु-र भएको स्पष्ट पारेको थापाको भनाई छ। सरकारले आफ्नो पतनकाे बाटो आफै खनेको पनि थापाले बताएका छन्।

“सत्याग्रहीमाथिको दुर्व्यवहारः क्रु-रताको पराकाष्ठा ! सत्याग्रहीलाई इच्छा विपरीत छुन पनि पाईंदैन । अनसनरत डा. गोविन्द केसीमाथि सरकारले गरेको अपमानजनक व्यवहार लोकतन्त्रमा अकल्पनीय र अक्षम्य छ। क्रु-र ता-नशाहले मात्र यस्तो निन्दनीय कृत्य गर्नसक्छ । सरकारले आफ्नो पतनको बाटो आफै खनेको छ ।”,सामाजिक संजाल मार्फत थापाले भनेका छन्।

प्रकाशित : मङ्गलबार, असोज ०६, २०७७१२:२७

मौसमविद्ले भने – ‘पाँच दिन लगातार देशभर पानी पर्ने भयो, सतर्क रहनुस्’