दाँत पहेंलो भएर चिन्तित हुनुहुन्छ? अपलाउनुहोस् यस्ता घरेलु उपाय !

पहेंलो दाँतले हामी सबैलाई कही पनि लाजमर्दो पार्न सक्छ, किनकि पहेंलो दाँतले हाम्रो मुस्कान नै फिक्का पार्छ। त्यसकारण धेरै चोटि हामी अरूको अगाडि खुलेर हास्न पनि सक्दैनौँ। दाँत र गिजालाई स्वस्थ राख्न नियमित हेरचाह र सफा गर्नु सबैभन्दा महत्त्वपूर्ण हुन्छ। दाँतलाई सेतो र स्वस्थ राख्नको लागि खान-पानले पनि महत्त्वपूर्ण भूमिका खेल्छ। दाँत पहेलो हुने समस्या कहिलेकाँही गलत खाने र पिउने कारणले पनि हुनसक्छ।

यस्तो अवस्थामा पहेंलो दाँतबाट छुटकारा पाउन केही घरेलू उपचार अपनाउन सकिन्छ। तोरीको तेल यसको लागि निकै प्रभावकारी हुन्छ र यसको प्रयोगले दाँत ठीकसँग सफाई हुन्छ र पहेंलो दाँतबाट छुटकारा पाउन सकिन्छ। त्यसोभए पहेंलो दाँतबाट छुटकारा पाउनको लागि तोरी तेल कसरी प्रयोग गर्ने जानौं।

तोरीको तेल र बेसार 

दाँत सफा र सेतो राख्नको लागि तोरीको तेलमा बेसार मिलाएर प्रयोग गर्न सकिन्छ। यसको लागि, आधा चम्चा तेलमा आधा चम्चा बेसार मिलाएर पेस्ट तयार गर्नुहोस्। अब तयार भएको पेस्ट औंलाको मद्दतले दाँतमा लागएर मसाज गरेको जसरी दाँत सफा गर्नुहोस्। दैनिक रूपमा यो उपाय अपनाएर दाँत सफा त सेतो राख्न सकिन्छ।

नूनको प्रयोग 

दाँतलाई बलियो बनाउन नुनलाई सबैभन्दा फाइदाजनक मानिन्छ, यस कारणले पनि केही टुथपेस्ट नुनको प्रयोग हुन थालेको छ। त्यसको लागि, एक तेलमा एक चिम्टी नून मिलाउनुहोस्। अब यो पेस्टको साथ दाँत सफा गर्नुहोस्। नून र तेलको यो पेस्ट प्रयोग गरेर चाँडै पहेंलो दाँतबाट छुटकारा पाइन्छ।

प्रकाशित : बुधबार, असोज ०७, २०७७१६:०३

धेरै समस्याका लागि रामवाण हो नीमको तेल, यसरी गर्नुहोस् प्रयोग !