‘मेस्सी बिनाको बार्सिलोना कल्पना पनि गर्न सकिँदैन’ – रोबर्टो

बार्सिलोनाका खेलाडी सेर्जियो रोबर्टोले मेस्सी बिनाको बार्सिलोना कल्पना पनि गर्न नसकिने बताएका छन्। आफूले मेस्सी बिना बार्सिलोना कल्पना पनि गर्न नसक्ने र मेस्सी बार्सिलोना मै रहने कुरामा अत्यन्त खुसी रहेको बताए।

गत महिना मेस्सीको बार्सिलोना छाड्ने निर्णयले पूरा फुटबल जगतलाई नै स्तब्द बनाएको थियो। उनले आफूले क्लब छाड्ने निर्णय गरेको कुरा बार्सिलोना बोर्डलाई समेत जानकार गराएका थिए। तर उनले पछि बार्सिलोनामै रहने निर्णय गरेका थिए। ६ पटकका ब्यालुन डी’ ओर विजेता मेस्सीले गोलसँग अन्तर्वातामा कुरा गर्दै बताएका थिए कि,”मैले क्लब छाड्ने निर्णय बनाएको थिए। तर आफूले प्रेम गर्ने क्लबसँग कानुनी लडाईमा अग्रसर हुन नसक्ने भएकोले मात्र यहिं बस्ने निर्णय गरें।”

रोबर्टोलाई मेस्सीको बारेमा सोध्दा उनले आरसिए १ लाई भने,”सबै क्याटालानहरू जस्तै मैले पनि सोचेँ कि मेस्सीले बार्सिलोना छाड्ने कुरा सत्य हुन सक्दैन।” म लियो बिनाको बार्सिलोमा सोच्न पनि सक्दिन। उनको लागि म निकै खुसी छ। उनले राम्रोसँग प्रशिक्षण गरिरहेका छन्। मेस्सी एक प्रोफेशनल खेलाडी हुन् र म विश्वस्त छु कि उनले सधैँ क्लबको लागि आफ्नो सत प्रतिशत दिन्छन्, रोबर्टोले भने।

बार्सिलोनाले २८ सेप्टेम्बर देखि भिल्लारियल विरुद्धको खेलबाट नयाँ सिजनको सुरुवात गर्दैछ।

प्रकाशित : बुधबार, असोज ०७, २०७७१५:२९

“रियलले बेल माथि अन्याय गर्यो”