“मेस्सी नेतृत्व गर्ने मामलामा कम्जोर छन्, कठिनाईसँग जुध्ने सक्दैनन्”

एजेन्सी – अर्जेन्टिनी फुटबल टोलिली पूर्व सदस्य क्लाउडियो क्यानिजियाले लियोनेल मेस्सी नेतृत्व गर्न असमर्थ हुने गरेको आरोप लगाएका छन्। एक मिडियासंग कुराकानी गर्दै उनले मेस्सी फुटबलमा सफल भएपनि नेतृत्व गर्ने मामलामा भने असफल हुने गरेको बताएका हुन्।

मेस्सी अफ्ठेरो परिस्थिरीसँग डटेर लड्ने भन्दा पनि भाग्ने गरेको तर्फ उनले संकेत गरे। आफ्नो टोलि कम्जोर हुँदा आवश्यक नेतृत्व गर्ने र परिस्थितिसँग लड्ने मामलामा मेस्सी कम्जोर रहेको उनी बताउँछन्। कठिनाईसँग लड्ने समयमा मेस्सी चुक्ने गरेको उनको भनाई छ। मेस्सीले आफ्नो जिम्मेवारी पूरा गर्न सकेको सबै गर्ने भएपनि कठिनाईका समयमा भने हडबडाउने गरेको उनले बताए।

“यो स्पष्ट छ कि, मेस्सी आफ्नो जिम्मेवारी बखुवीका साथ निभाउँछन्। तर, आफ्नो टिम विपक्षि भन्दा कम्जोर देखिएको अवस्थामा भने उनी हडबडाउँछन्। मैदानमा उत्रिँदा आफ्नो टिमलाई उत्कृष्ट नमान्ने हो भने पक्कै पनि जित कठिन हुन्छ।”,उनले भने,”मेस्सी कठिनाईसँग जुध्ने मामलामा अहिले कम्जोर छन्।”

च्याम्पियन्स लिगमा बायर्न म्युनिखसँगको लज्जास्पद हार पश्चात मेस्सीले बार्सिलोना छाड्न प्रयास गरेपनि उनले क्लब नछाड्ने कुरामा आफू ढुक्क रहेको पनि उनले जिकिर गरे।

मेस्सीलाई त्यस समयमा वकिलहरुले गलत सल्लाह दिएको पनि उनले बताए। बार्सिलोनासँगको सम्झौतामा रहेको प्रावधानको आधारमा मेस्सीले क्लब छाड्न पाउँछन् भनर मेस्सीलाई भन्ने काम हालत रहेको उनले दावी गरे।

प्रकाशित : बुधबार, असोज ०७, २०७७०९:२२

युइएफए उत्कृष्ट वर्ष खेलाडी मनोनयन सार्वजनिक: १० वर्षमा पहिलोपटक मेस्सी-रोनाल्डो दुवै आउट !