ओली ‘ब्याक’ भएपछि भारतमा खुशियाली, अन्ततः नेपाल भारत सामू झुक्यो भन्न थाले मिडिया !

काठमाडौँ – लिपुलेक, कालापानी र लिम्पियाधुरासम्मको भूभाग समेटेर तयार पारिएको नक्सा समावेश भएको पुस्तक वितरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले रोक लगाएका छन्।

 

शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले कक्षा नौदेखि १२ सम्मका विद्यार्थीका पुस्तक तयार पारेपनि ओलीले वितरणमा रोक लगाएका हुन्।

पुस्तकमा उल्लेख भएका तथ्यले भारतसँगको सम्बन्धमा असर पार्न सक्ने भन्दै ओलीले पुस्तक वितरणमा रोक लगाएको बुझिएको छ। पुस्तक वितरणमा रोक लगाए पछि ओलीको आलोचना भइरहेको छ।

ओलीले पुस्तक वितरणमा रोक लगाएको विषयलाई भारतीय संचार माध्यमहरुले पनि प्राथमिकताका साथ प्रकाशित गरेका छन्। भारतीय मिडियाहरु यस विषयलाई अन्ततः नेपाल भारत सामू झुकेको भनेर प्रस्तुत गरिरहेका छन्।

भारतबाट प्रकाशित हुने जीन्युजको अनलाइन संस्करणले भारत सामू झुकेर नेपालले विवादित नक्सा सहितको किताबमा रोक लगाएको उल्लेख गरेको छ।

उसले “भारत सामू झुक्यो नेपाल, विवादित नक्सा वाला किताब माथि लगायो रोक” भन्दै उक्त विषयलाई कभर गरेको छ। समाचारमा उसले कुल क्षेत्रफल कृत्रिम रुपमा बढाउने कार्य देखि नेपाल ब्याक भएको भनेर उल्लेख गरेको छ।

यस्तै जागरण पत्रिकाको अनलाइन संस्करणले पनि नेपाल एक पटक पुनः भारत सामू झुकेको भनेर समाचारमा उल्लेख गरेको छ। साथै अर्को समाचारमा उसले ओली ब्याकफुटमा आएको भनेर उल्लेख गरेको छ। साथै अन्य भारतीय मिडियाहरुले भने नेपाल र ओली भारत सामू झुकेको दावी गरेका छन्।

प्रकाशित : बुधबार, असोज ०७, २०७७११:०९

उपत्यकामा ६ सय भन्दा बढी संक्रमित, अन्य ठाउँमा कति ? हेर्नुहोस् पूर्ण विवरण !