यो वर्षायाममा त लामखुट्टेको बिगबिगी हुने गर्छ। लामखुट्टेको टोकाइ मलेरिया डेंगु जस्ता खतरनाक रोगको कारण बन्न सक्छ। यसको टोकाइबाट बच्न हामी अनेक उपाय गर्छौं। यस्तोमा केहि मानिसलाई लामखुट्टेले धेरै नै टोक्ने गर्छ। त्यसोभए किन लामखुट्टेले केहि मानिसलाई अरु मानिसलाई भन्दा बढी टोक्छ त? जान्नुहोस्….
पक्कै पनि सुन्दा अनौंठो लाग्न सक्छ तर वैज्ञानिकहरूको अनुसार मानिसलाई पोथी लामखुट्टेले मात्र टोक्छ किनभने पोथी लामखुट्टेलाई पनि अन्य महिलाको जस्तै प्रजननको लागि पोषणको आवश्यकता हुन्छ। यस्तोमा महिला लामखुट्टेले मानव रगतबाट पोषक तत्व लिएपछि प्रजनन प्रक्रिया पूर्ण गर्दछ।
वास्तवमा पोथी लामखुट्टेले महशुस गर्न सक्ने क्षमताले गन्ध पहिचान गर्छ। हामीले सास फेर्दा बहिरा फाल्ने ग्यास अर्थात् कार्बन डाइ-अक्साइडले लामखुट्टे छिटै आकर्षित हुन्छ। यहि कारणले गर्दा लामखुट्टेले सास छोड्दा मानिसलाई बढी टोक्छ।
अन्वेषकहरूका अनुसार लामखुट्टेहरू केहि गन्धले चाँडो आकर्षित हुन्छन्। जब एक व्यक्तिको शरीरको तापक्रम बढ्छ र ब्याक्टेरिया उत्पादन हुन्छ, शरीरबाट पसिना आउन थाल्छ, त्यसैले केही व्यक्तिलाई लामखुट्टेले धेरै टोक्छन्। त्यस्तै, पसिना आउँदा युरिक एसिड, ल्याक्टिक एसिड र अमोनिया जस्ता तत्त्वहरू शरीरबाट बाहिर निस्कन्छ, जसको गन्धले गर्दा लामखुट्टेहरू छिटै आकर्षित हुन्छन्।
जापानका अन्वेषकहरूका अनुसार लामखुट्टेले ओ रक्त समूहलाई सबैभन्दा बढी टोक्छ। त्यस्तै, ए रगत समूह भएका व्यक्तिहरूलाई लामखुट्टेहरूले अलि कम टोक्छ।