अस्पताल बेडबाटै विजयले भने- ‘स्वास्थ्यकर्मीलाई तलब घटाएर काममा खटाउने?’

काठमाडौँ – अभिनेता तथा गायक क्याप्टेन विजय लामाले कोरोना संक्रमितको उपचारमा संलग्न स्वाथ्यकर्मीको तलब र सुविधा वृद्धि गरेर उनीहरूलाई बलियो बनाउन आह्वान गरेका छन्। यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ।

कोरोना संक्रमणपछि स्टार अस्पतालको आइसोलेनमा बसी स्वास्थ्य सेवा लिइरेहका विमान चालक लामाले बुधबार फेसबुकमा स्टाटस लेख्दै स्वास्थ्यकर्मीलाई बलियो बनाउन आग्रह गरेका हुन्। ‘पीपीईमा सबै एकै देखिन्छन्। अस्पतालमा भर्ना भएको करिब १० दिन बितिसक्दा पनि कसैलाई चिन्न सकेको छैन।

यो कोभिडको कहरमा यस्तै हुँदोरहेछ। उहाँहरू सबैले कष्ट सहेर, ज्यान बाजीमा लगाएर हामी जस्ता संक्रमणमा परेकालाई नयाँ जीवन दिन अहोरात्र खटिएर सेवा पुर्याउनुभएको छ’, विजयले स्ट्याटस लेख्दै भनेका छन्– ‘घर जान पाउनुहुन्न, दिनमा १२ घन्टाको डिउटी हुन्छ।

पीपीई दुईचोटि मात्र फेर्न पाउँछन्। तर, एकचोटी लगाएपछि लगातार ६÷७ घन्टा बस्नुपर्छ। त्यो समय न त शौचालय प्रयोग गर्न पाउँछन्, न त केही पिउन या खान नै पाइन्छ। न त गर्मी भएर छ्यापछ्यापती पसिना आउँदा नै फुकाल्न मिल्छ।

यसरी खटिएकाहरुका लागि सरकारले कुनै सुबिधा दिलाउन सकिन्न? उल्टै तनखा (तलब) पनि घटाएर काममा खटाउने? कुनै बिमा गराउनु पर्दैन? यो कत्तिको न्यायपूर्ण छ?’

विजयले आह्वान गर्दै लेखेका छन्– ‘आज हाम्रो नयाँ जीवन प्राप्तिमा उहा“हरुको ठूलो साथ भएको कुरामा दुईमत छैन। आभारी छु सबै मेडिकल टिमप्रति।

विनोद चौधरी दाइ, डा. भोला रिजालज्यू, राजेन्द्रबहादुर सिङ भाइ अनि सम्पूर्णमा मेरो आग्रह यो छ कि केही बोलिदिनुस्। केही गरिदिनुस् उहाँहरुका लागि। हाम्रा सन्तान नै हुन्। अन्याय हुन नदिनुस् तनखा (तलब) कटाएर होइन, बढाएर अनि सुविधा थपेर बल्लियो बनाउनुपर्छ। भोलिका दिनहरु कठिन छन् अझै।’

प्रकाशित : बिहिबार, असोज ०८, २०७७०४:५६

ओली–दाहालबीच तीन घण्टा छलफल: सरकार पुनर्गठन नै मुख्य एजेन्डा !