२९ सेप्टेम्बरको दिन शनि आफ्नो स्वामित्व रहेको मकर राशिमा मार्गी हुँदैछ। शनिको मार्गीको प्रभाव सबै राशिमा पर्नेछ। १२ राशि मध्ये चार राशिमा यसको विपरीत प्रभाव पर्नेछ। शनिको मार्गीको कारण यी राशका मानिसको करियर र वित्तीय स्थितिमा प्रभाव पर्नेछ। त्यसोभए कुन कुन चार राशि शनि मार्गीबाट होशियार हुनु आवश्यक छ त? जान्नुहोस्..
मिथुन राशि
शनिको मार्गीले मिथुन राशिमा विपरित प्रभाव पार्नेछ। शनिको सीधा चालका कारण घरेलु समस्या उत्पन्न हुने सम्भावना हुन्छ। शनिको राशि परिवर्तनले करियरमा पनि असर पार्दछ। त्यसैले, व्यापार-व्यवसायमा उतार चढावको सामना गर्नु पर्नेछ। अनावश्यक खर्च बढ्नेछ।
सिंह राशि
यस राशि मानिसले आर्थिक समस्या र परिवारमा कलहको सामना गर्नुपर्ने हुन सक्छ। त्यसकारण यस समयमा विशेष ध्यान दिन आवश्यक छ। स्वास्थ्यमा गिरावट आउन सक्छ। परिवारमा उत्पन्न हुने मनमुटावको कारण तपाईंले मानसिक समस्या सामना गर्नुपर्नेछ।
तुला राशि
व्यर्थको खर्च बढ्न सक्छ। जसको कारणले तपाईले धेरै समस्याको सामना गर्नु पर्नसक्छ। पैसा डुब्ने सम्भावना पनि छ। विवाहित व्यक्तिहरूले यस समय सावधान रहनु आवश्यक छ। यस समयमा वैवाहिक जीवनमा मनमुटाव हुन सक्छ।
कुम्भ राशि
कुम्भ राशिका मानिसमा शनिको मार्गीले आर्थिक समस्या निम्त्याउन सक्छ। अनावश्यक खर्च बढ्न सक्छ। आयमा कमी आउँदा विभिन्न समस्या आउनसक्छ। सन्तान सम्बन्धि कुराले चिन्तित बनाउन सक्छ।