काठमाडौं जिल्लामा मात्र पाँच सय भन्दा बढी संक्रमित, अन्य जिल्लामा कति थपिए त? हेर्नुहोस् !

पछिल्लो २४ घण्टामा मुलुकभर १ हजार ३ सय १३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। योसँगै नेपालमा  आजसम्म ७० हजार ६ सय १४ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५५ जना कोरोनाबाट मुक्त भएका छन्। जससँगै नेपालमा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ५१ हजार ८ सय ६६ पुगेको छ।

यस दिन १२ हजार २ सय ६२ जनाको पिसिआर परीक्षण भएको छ।

उपत्यकामा ६ सय भन्दा बढी कोरोना संक्रमित

काठमाडौं उपत्यकामा बुधबार थप ६ सय ४५ जनामा संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा ५ सय ३ जना, ललितपुर जिल्लामा ९१ जना र भक्तपुर जिल्लामा ५१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अन्य जिल्लामा कति ? हेर्नुहोस् विवरण –

प्रकाशित : शुक्रबार, असोज ०९, २०७७१०:५३

मौसममा सुधार: पूर्वी नेपालमा भने अझै पानी पर्ने !