काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सकलाई कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको छ। ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण रहेको पुष्टि भएको हो।
कोरोना भाइरस संक्रमणसँग मिल्दो-जुल्दो लक्षण देखिए पछि त्रिवि शिक्षण अस्पतालमा गराइएको परीक्षणको रिपोर्ट पोजेटिभ आएको बताइएको छ। हाल उनी अहिले होम आइसोलेसनमा रहेकी छन्।
केहि दिन देखि कोरोनासँग मिल्ने लक्षण देखिएपछि परीक्षण गराउँदा पोजेटिभ देखिएको र अहिले आफू होम आइसोलेसनमा रहेको उनले बताइन्। पछिल्ला दिनहरुमा आफूले प्रधानमन्त्री ओलीलाई नभेटेको उनको भनाई छ।
शाहले प्रधानमन्त्री ओलीलाई नभेटेपनि अनशनरत डाक्टर केसीलाई भने भेटेको खुलेको छ। जुम्लाबाट ट्रमा सेन्टर हुँदै त्रिवि शिक्षण अस्पताल लगिएका डाक्टर गोविन्द केसीलाई तीन दिन अगाडी भेटेको उनले बताएकी छन्। त्यसबखत सामाजिक दूरीसहित स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइएको उनको भनाई छ।