मकवानपुरमा एकै दिन ७ जनाको मृ-त्यु !

वाग्मती – मकवानपुरमा विभिन्न घटनामा आज सात जनाको मृ-त्यु भएको छ ।

आज हेटौंडा ९ का ७४ वर्षीय वृद्धको कोरोनाका कारण ज्यान गएको छ भने आजै रेबिजका कारण ५९ वर्षीय एकजना पुरुषको मृ-त्यु भएकोे छ ।

मकवानपुरमा आजै खोलाले बगाउँदा विभिन्न स्थानमा तीन जनाको ज्यान गएको छ भने दुई फरकफरक स्थानमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृ-त्यु भएको छ ।

मकवानपुरको कैलाशमा खोलाले बगाउँदा ३८ वर्षीय धावा स्याङ्तान, भीमफेदीमा राप्ती खोलाले बगाउँदा वीरगञ्ज घरभई हेटौंडा बस्ने १८ वर्षीया किशोरी प्रियका सोनी र हेटौंडा १९ को ज्यामिरे खोलालले बगाउँदा पहिचान नखुलेकी अन्दाजी ४०÷४५ वर्षकी एक महिलाको ज्यान गएको हो ।

आजै मकवानपुरको मकवानपुरगढी दरबार नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको र पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी–९ खरङ्गामा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा अर्का एक जनाको मृ-त्यु भएको छ ।

गाढी दुर्घटनामा ४६ वर्षीय भरत पुडासैनी र मनहरी दुर्घटनामा बारा रतनपरीका सूर्य स्याङ्तानको मृ-त्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार दुवै घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।

प्रकाशित : शनिबार, असोज १०, २०७७१५:३६

“सरकार कुरामा भन्दा पनि काममा बढी विश्वास गर्छ”