काठमाडौँ – आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर एक सय १७ रुपैयाँ ४८ पैसा र विक्रिदर एक सय १८ रुपैयाँ ०८ पैसा तोकेको छ। युरो एकको खरिददर एक सय ३६ रुपैयाँ ९४ पैसा र विक्रिदर एक सय ३७ रुपैयाँ ६४ पैसा तोकिएको छ।
नेपाल राष्ट्र बैंकले तोके अनुसार विभिन्न देशका मुद्राको विनियम दर निम्न छन्।
– साउदी अरवको रियालको खरिददर ३१ रुपैयाँ ३२ पैसा र विक्रिदर ३१ रुपैयाँ ४८ पैसा तोकिएको छ।
– कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २६ पैसा र विक्रिदर ३२ रुपैयाँ ४३ पैसा ।
– युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ९९ पैसा र विक्रिदर ३२ रुपैयाँ १५ पैसा।
– मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १९ पैसा र विक्रिदर २८ रुपैयाँ ३४ पैसा।
– कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०२ पैसा र विक्रिदर १० रुपैयाँ ०७ पैसा।
– एक कुवेती दिनारको एकको खरिददर ३ सय ८३ रुपैयाँ ५० पैसा र विक्रिदर ३ सय ८५ रुपैयाँ ४५ पैसा।
– एक बहराइन दिनार एकको खरिददर ३ सय ११ रुपैयाँ ५० पैसा र विक्रिदर ३ सय १३ रुपैयाँ १० पैसा।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्ने व्यवस्था रेहको छ।