कार दुर्घटनापछि अस्पताल पुगिन् महिला, सिटिस्क्यान गर्दा जे देखियो सबै चकित परे !

एजेन्सी – चीनको हेनान प्रान्त स्थित झेङ्गझाउ बस्ने एक २९ वर्षिय महिला केहि समय अगाडी एक सामान्य दुर्घटनामा परिन्। सामान्य कार दुर्घटना भएपनि सिटिस्क्यान गराउन उनी अस्पताल पुगिन्। सिटिस्क्यानको रिपोर्टले उनी मात्र नभई त्यस अस्पतालका डाक्टरहरु समेत चकित परे।

चकित नपर्नुपनि कसरी ? सिटिस्क्यान गर्दा उनको मस्तिष्कमा दुई ‘सियो’ देखिएका थिए। महिलाको खोपडीमा रहेका ती सियोहरु करिब पाँच सेन्टिमिटरका थिए।

उनको मस्तिष्कमा देखिएका सियो जस्तै देखिने चीज अहिले नभई बच्चै देखि त्यहाँ रहेको डाक्टरहरुले अनुमान गरेका छन्। सानोमा कुनै पनि शल्यक्रिया गराउँदा सियो त्यहिँ छुटेको हुन सक्ने डाक्टरहरुको अनुमान छ। तर, ती महिला भने अहिले सम्म कुनै पनि प्रकारको शल्यक्रिया नभएको दावी गर्छिन्।

ती महिलाका आमा-बुवालाई पनि सियो र शल्यक्रियाको सम्बन्धमा कुनै जानकारी छैन। बच्चा हुँदा आफ्नी छोरी कुनै पनि दुर्घटनामा नपरेको र शल्यक्रिया पनि नभएको उनीहरु भनाई छ।

दुई सियो जस्ता देखिने चीज मस्तिष्कमा भएपनि उनलाई २९ वर्षको उमेर सम्म कुनै पनि असहजता महसुस भएको छैन। खोपडीको संवेदनशील क्षेत्रमा नभएका कारण उनलाई खासै असहज नभएको डाक्टरहरु बताउँछन्।

सियो फेला परेपछि डाक्टरहरुले ती महिलालाई असहज भएको छैन भन्दै लापरवाही नगर्न आग्रह गरेका छन्। डाक्टरहरुले उनलाई शल्यक्रियाको सुझाव दिएका छन्।

प्रकाशित : आइतबार, असोज ११, २०७७०८:४८

भारतको बिहारमा बनेको न्यूचापीय क्षेत्र उत्तर–पूर्व सर्दै: के होला नेपालको मौसम ?