के तपाईं पनि छिटै थकित महसुस गर्नुहुन्छ ? यस्तो हुनसक्छ कारण !

काम गर्दा थकित महसुस गर्नु स्वाभाविक हो, तर धेरै चाँडो थाक्नु शरीरमा पोषक तत्त्वहरूको अभावको कारण हुन सक्छ। यदि तपाईं बिहान उठ्ने बित्तिकै आलस्य, शरीर थकित रहन्छ भने तब तपाईंको शरीरलाई पोषण तत्वको आवश्यक छ। यो समस्याको कारण के हो र यसलाई दूर गर्नको लागि के गर्नु पर्छ त? जान्नुहोस्…

हेमोग्लोबिनको कमी

शरीरमा शरीरमा हेमोग्लोबिनको अभाव थकित महसुस गर्नुको एक कारण हुन सक्छ। शरीरमा हीमोग्लोबिनको कमीलाई पूरा गर्न आइरनले भरपूर खाना खानु आवश्यक हुन्छ। यसको लागि आफ्नो आहारमा तपाईंले पालुंगोका साथै अन्य हरियो सागपातहरू समावेश गर्नुपर्दछ।

भिटामिन डी को कमी 

भिटामिड डीले हाम्रो शरीरलाई उर्जा प्रदान गर्दछ। भिटामिन डी को कमीले हड्डीको जोड़ कमजोर हुन्छ, जसको कारण तपाईं थाकेको महसुस गर्न थाल्नुहुन्छ। यसको उत्तम तरिका भनेको प्रत्येक बिहान केही समय घामको किरणमा बस्नु हो। त्यस्तै, भिटामिन डी भरपूर खानाको सेवन गर्न सक्नुहुन्छ जस्तै गेडागुडी, दुध, माछा, अण्डा,  आदि।

भिटामिन बी को कमी 

शरीरमा भिटामिन बी को अभावका कारण मानिस हरेक कार्यमा सुस्त हुन्छ। भिटामिन बी को अभावका कारण बिहान पनि शरीर थाकेको महसुस हुन्छ। भिटामिन बीको कमीलाई पूरा गर्न तपाईंको आहारमा फलहरू, हरियो सागपात समावेश गर्नुहोस्।

क्यालशियमको कमी 

शरीरमा क्याल्सियमको अभावले गर्दा हाम्रो हड्डीहरू कमजोर हुन थाल्छ। जसको कारणले मेरुदण्डमा दुखाइ, जोर्नी दुखाइ इत्यादि समस्या देखा पर्छ, जसले गर्दा छिटै थकित महशुस हुन्छ। क्याल्सियमको कमीलाई पूरा गर्न आफ्नो आहारमा दुध र दुग्धजन्य पदार्थहरू समावेश गर्नुहोस्।

प्रकाशित : आइतबार, असोज ११, २०७७१३:०२

मधुमेह देखि पेट सम्बन्धि थुप्रै समस्याबाट छुटकारा दिन्छ मेथीको साग !