मानिसहरु कहिले काहिँ आविस्कारको नाममा अजिव किसिमका वस्तुहरुको निर्माण गर्ने गर्छन्। यस्तै अजिव लाग्ने साइकलका डिजाइनहरु पनि इन्टरनेटमा देख्न पाइन्छ। यस्तै केहि अजिव लाग्ने साइकलका डिजाइनहरु यस लेखमा हामीले समावेस गरेका छन्।
यस्तो साइकल बनाउने व्यक्तिले के सोचेर बनायो होला ? यस साइकल पक्कै पनि लामो दूरीको यात्राको लागि बनाएको हुन सक्छ। यसो हेर्दा यस साइकल यात्रा गर्न मात्र हैन यात्रा गर्दा शौच गर्न पनि प्रयोग गर्न पो सकिन्छ भन्ने लाग्छ। केहि समय अगाडी यस साइकल सामाजिक संजालमा भाइरलनै बनेको थियो ।
यो साइकल पक्कै पनि बनाउने क्रममा पूरा नभएको जस्तो देखिन्छ। यस्तो साइकलमा यात्रा गर्न भन्दा पनि तस्विर खिच्नको लागि एक नमुना साइकलको रुपमा प्रयोग गर्न सकिन्छ।
यस साइकल हेर्दा जो-कोहिलाई पनि टायर देखेर ट्रयाक्टर पो होकी भन्ने लाग्न सक्छ । तर यो ट्रयाक्टर नभई साइकलनै हो।
यो साइकल हेर्दा धेरैनै आरामदायी देखिन्छ। यस साइकल सुतेर त चलाउन सकिन्छ तर ह्याण्डल भने छैन। यस साइकलको आविष्कार गर्ने व्यक्तिले पक्कै पनि ह्याण्डल राख्न बिर्सिएको हुन सक्छ ।
यो साइकल चड्न मात्र हैन साइकलबाट ओर्लन पनि भर्यांग पक्कै चाहिन्छ होला। अझ दुई जना दुई तिर बसेको देख्दा पक्कै सबैलाई अचम्म लाग्न सक्छ।
यी सबै साइकल मध्ये सबै भन्दा उत्कृष्ट साइकल यो साइकललाई मान्न सकिन्छ। पानीमा पनि गुडाउन सकिने साइकलले पक्कै पनि धेरैलाई सहयोग पुर्याउन सक्छ। यी बाहेक अन्य केहि साइकल पनि हेर्नुहोस :
-एजेन्सी