जापानले बनायो यस्तो अनौठो रोबोट !

आजको समयमा विज्ञान निकै अघि बढिसकेको छ। विश्वमा यस्ता थुप्रै प्रकारका आविस्कार भएका छन् जुन चमत्कार भन्दा कम छैनन्। यस्तै एक आविष्कार हो रोबोट। मानिस रूपी रोबोट हामी सबैले देखेको हुनुपर्छ। जापानको योकोहामा स्थित गुंडम कारखानाले यस्तै रोबोट निर्माण गरेको छ।

RX-78

जापानी कम्पनी गुंडमले यो रोबोटको नाम आर.एक्स ७८ राखेको छ। यो रोबोटको उचाई ६० फिट र तौल लगभग २५ टन छ। यसको उचाई र तौल सुनेर यो रोबोट कति ठूलो हो भनेर अन्दाज लगाउन सकिन्छ। अहिले यो रोबोटको भिडियो सामाजिक संजालमा खुब भाइरल भइरहेको छ। भिडियोमा यो रोबोट चलेको देख्न सकिन्छ। यो विशाल रोबोट अगाडि बढ्छ र जमीनमा बसेर फेरी उठ्छ।

यस रोबोट निर्माण गर्ने कम्पनी गुंडम फैक्टरी डट कमका अनुसार हाल यो रोबोटको टेस्टिंग मोड चलिरहेको छ। कम्पनीका अनुसार यस रोबोटको बाह्य निर्माण यस वर्ष जुलाईमा सम्पन्न भएको थियो र यो आधिकारिक रूपमा अक्टूबर २०२० मा पेश गर्ने भनिएको थियो। तर यसको सार्वजनिक अनावरण विश्वव्यापी महामारी कोरोना संक्रमणको कारण स्थगित गरिएको छ। कम्पनीले चाँडै नै यसको अनावरणका लागि नयाँ मिति तोक्नेछ।

प्रकाशित : सोमबार, असोज १२, २०७७१३:२८

यस्ता ४ काम, जुन मानिस गर्न चाहन्छ, तर सायद सम्भव छैन !