आज शिव जीको लागि सोम प्रदोस व्रत राख्ने दिन, यसरी पूजा गर्नुहोस्, पूरा हुनेछ हरेक मनोकामना !

असोज महिनाको शुक्ल पक्षमा सोम प्रदोस व्रत आउँछ जुन यो वर्ष २८ सेप्टम्बर अर्थात् आज हो। हिन्दू धर्ममा एकादशीको व्रतको जति महत्व छ त्यति नै महत्व यो व्रतको पनि छ। यस दिन भगवान शिव र देवी पार्वतीको पूजा गरिन्छ। विश्वासका अनुसार प्रदोस व्रत गर्ने मानिसले भोलेनाथको आशीर्वाद प्राप्त गर्दछ। हामी तपाईंलाई सोम प्रदोष व्रतको पूजा गर्ने विधि र यसको महत्त्वको बारेमा बताउँछौं।

सोम प्रदोस व्रतको महत्व 

भगवान शिवलाई प्रशन्न पार्नको लागि भक्तहरु सोम प्रदोस व्रत राख्छन्। हिन्दू धर्ममा सोमबारलाई शिवको पूजा दिनको रूपमा वर्णन गरिएको छ। यस दिन मन्दिरमा जानुहोस् र शिवलिंगमा दूध चढाउनुहोस्। त्यस्तै पूरा विधिपूर्वक शिव जीको पूजा गर्नु पर्छ। यस दिन देवी पार्वतीको पनि पूजा गर्ने नियम छ। मान्यता अनुसार जो व्यक्तिले यो व्रत राख्छ, त्यो व्यक्तिले हरेक प्रकारका रोगहरुबाट मुक्ति पाउँछ।

शिव जीको पूजा गर्ने विधि 

१. बिहान सबेरै उठ्नुहोस् र स्नान गरेर सफा वस्त्र धारण गर्नुहोस्।

२. अब हातमा जल लिएर प्रदोष व्रतको संकल्प गर्नुहोस्।

३. त्यसपश्चात, प्रदोष कालको शुभ समयमा साँझ भगवान शिवको पूजा गर्नुपर्दछ।

४. त्यसपछि भोलीनाथलाई गंगा जल, अक्षता, फूल, धतूरा, धूप, फल, चन्दन, गाईको दूध, भांग आदि चढाउनुहोस्।

५. ओम नमः शिवाय मन्त्र जप गर्नुहोस्।

६. त्यसपछि शिव चालीसाको पाठ गर्नुहोस् र आरती गर्नुहोस्।

७. अब सबै परिवारहरुलाई पूजा भइसकेपछि प्रसाद बाँड्नुहोस्।

८. यस दिन पूरा रात जागरण गर्नुपर्छ र भोलिपल्ट नुहाएर महादेवको पूजा गर्नुपर्छ।

९. अब आफ्नो सामर्थ्य अनुसार ब्राम्हणलाई दान-दक्षिणा दिनुहोस्।

प्रकाशित : सोमबार, असोज १२, २०७७१०:३७

यस राशिका मानिसहरु हुन्छन सबैभन्दा बढी आकर्षक, सहजै आकर्षित हुन्छन विपरित लि-ङ्गी!