“मेस्सीबाट राम्रो साथ पाइरहेको छु, उनकै मार्गदर्शनमा सफल भएँ”

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति बार्सिलोनाले लिगको पहिलो खेल खेल्दै भिल्लारियलमाथि ४-० को सहज जित दर्ता गर्यो । त्यसक्रममा युवा खेलाडी अन्सु फातीले उत्कृष्ट प्रदर्शन गरे। उनले एक्लै २ गोल गरे। आइतबारको खेलमा कप्तान लिओनेल मेस्सी र फाती बीच राम्रो समझदारी र तालमेल देखियो।

खेल पश्चात पत्रकारहरुसँग कुराकानी गर्दै उनले मेस्सीकै मार्गदर्शनमा सफल हुन सकेको बताए। मेस्सीबाट मैदान बाहिर पन आफूले सहयोग र मार्गदर्शन पाइरहेको उनले स्पष्ट पारे।

“मेस्सीसँग खेल्नु मेरो बच्चा देखिको सपना हो। अहिले त्यो सपना साकार भएको छ। मेस्सीबाट मैले आवश्यक सम्पूर्ण मार्गदर्शन पाएको छु। उहाँबाट मलाई मैदान र प्रशिक्षणमा मात्र नभई बाहिर पनि सहयोग पाइरहेको छु।”,उनले भने।

साथै उनले आफू सुधारिने क्रममा रहेको पनि बताए। क्लबका अन्य खेलाडी तथा प्रशिक्षकको मार्गदर्शनले थप सुधारिएको प्रदर्शन गर्ने क्षमता बढ्ने उनको विश्वास छ।

“हरेक दिन सुधारिएको खेल प्रदर्शन गर्न टीमका सिनियरहरुबाट सिक्ने मेरो प्रयास रहन्छ।”,उनले भने।

फातीले गत सिजनमा बार्सिलोनाको लागि ८ गोल मात्र गरेका थिए। तर नयाँ सिजनमा भने उनले थप उत्कृष्ट प्रदर्शन गर्ने छनक देखाइसकेका छन्। आइतबार उनको प्रदर्शनलाई लिएर प्रशिक्षक रोनाल्ड कोम्यान पनि सन्तुष्ट छन्।

उमेर नपुग्दा पाएनन् ‘म्यान अफ द म्याच’

आइतबार फाती उच्च प्रदर्शन गर्नुका बाबजुद म्यान अफ द म्याच भने चुनिएनन् । खेलको १५ औं जोर्डी अल्बाको कटब्याकमा फातीले नयाँ सिजनमा पहिलो गोल गरेका थिए । त्यसको ४ मिनेट नबित्दै उनले व्यक्तिगत दोस्रो गोल गरे ।

उनले मैदानमा उत्कृष्ट प्रदर्शन गरेपनि उमेर कम भएकाले अवार्ड लिन भने पाएनन्। ला लिगाको म्यान अफ द म्याच प्रायोजन बियरले गरेको कारण फातीले उक्त अवार्ड प्राप्त गर्न सकेनन् । फाती उमेरले भर्खर १७ वर्ष पुगेका छन् । स्पेनमा १८ वर्ष भन्दा मुनिकाले मदिरा सेवन गर्न नपाइने नियम छ । उमेर नपुगेकाले मदिराजन्य पदार्थ सेवन तथा खरिद विक्री नै गर्न पाइदैन ।

प्रकाशित : सोमबार, असोज १२, २०७७११:४७

प्यानिच बने रोनाल्डो र मेस्सीसँग खेल्ने १४ औं खेलाडी ! अरु कोको छन् ? [सूची सहित]