“ओली सरकारमा हुन सम्म भ्रष्टचार भयो, अब घेर्नुपर्छ”

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारलाई घेर्नुपर्ने समय आइसकेको बताएका छन्।

नेपाल महिला संघ केन्द्रीय समितिले सोमबार गरेको भर्चुअल कार्यक्रममा बोल्ने क्रममा देउवाले ओली नेतृत्वको सरकारले भ्रष्टाचारलगायत अनियमितता गरेको उल्लेख गर्दै देउवाले घेर्नुपर्ने समय आइसकेको बताएका हुन्।

ओली सरकार विरुद्ध जुनसुकै समयमा आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाई छ। ओली सरकार आएपछि अप्रजातान्त्रिक काम मात्र भएको उनले आरोप लगाए। कम्युनिष्ट सरकारले धेरै नै बदमासी गरेको उनको आरोप छ।

“यो कम्युनिष्ट सरकारले अति बदमासी गरेको छ। हाम्रा साथीभाइलाई धरपकड गरेको छ । सरकारले जथाभावी गरेको छ। कर्मचारीलाई धम्क्याएर तर्साएर राखेको छ। हाम्रो पालामा त यस्तो गरेको थिएन।”,उनले भने।

सरकारले भ्रष्टचार गर्ने र नागरिकलाई दुख दिने काम बाहेक खासै केहि गर्न नसकेको पनि उनले बताए। आफ्नो पालामा नागरिकलाई दुख दिने प्रकारका कुनै काम नभएको उनको भनाई छ। ओली सरकारलाई रोक्न आन्दोलन गर्न पर्ने भएपनि कोरोनाका कारण नमिलेको उनले बताए।

“ओली सरकारलाई तह लगाउनुपर्छ, यो सरकारलाई घेर्नुपर्छ। कोरोना नआएको भए देशैभरि जुलुस गर्ने योजना थियो मेरो। कोरोनाका बेला आन्दोलन गर्न भएन।”,उनले भने।

साथै देउवाले कम्युनिष्टले जिते देशमा खतरा बढ्ने भनेर आफूले पहिल्यै भनेको पनि दावी गरे।

प्रकाशित : सोमबार, असोज १२, २०७७१२:१३

बिहिबार देखि काठमाडौँमा सहुलियत मूल्य पसल सञ्चालन हुने ! कहाँ-कहाँ ?