हप्तामा पहिलो पटक बढ्यो सुनको मूल्य ! कति ? [मूल्य सहित]

काठमाडौँ – लगातार दुई दिन स्थिर रहेको सुनको मूल्य मंगलबार बढेको छ। आइतबार र सोमबार स्थिर रहेको सुनको मूल्य आज बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ९ सयले बढेको छ। जससँगै छापवाला सुनको मूल्य ९४ हजार २ सौ कायम भएको छ। यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ९ सयले बढेको छ। आज तेजाबी सुन प्रतितोला ९३ हजार ७ सयमा कारोबार भइरहेको छ।

असोज लागेपछि सुनको मूल्य केहि ओरालो लागेको थियो। असोज ८ गते सुनको मूल्य २ महिना यताकै कम विन्दुमा पुगेको थियो। त्यस दिन सुन ९३ हजार १ सयमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज चाँदीको मूल्य आज २५ रुपैंयाले बढेर १ हजार १ सय ७५ कायम भएको छ।

प्रकाशित : मङ्गलबार, असोज १३, २०७७०५:२९

दुई दिन लगातार बढेपछि घट्यो सुनको मूल्य ! कति ?