काठमाडौँ – ब्रोइलरका चल्लालाई ‘लोकल’ भन्दै बिक्री गर्ने एक गिरोहलाई प्रहरीले काठमाडौंको कलंकीबाट पक्राउ गरेको छ। ब्रोइलरका चल्लालाई रङ्ग लगाएर बिक्रि गर्दै ठगि गर्ने एक गिरोहलाई प्रहरीले काठमाडौंको कलंकीबाट पक्राउ गरेको हो।
पक्राउ पर्ने सबै भारतीय छन्। उनीहरुलाई महानगरीय प्रहरी बृत्त कालीमाटीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा प्रेम सिला देवी जैसवाल, वकिल खान, सुनिता जैसवाल, चन्दा देवी शाह नाम गरेका चार भारतीय छन्।
महानगरीय प्रहरी बृत्त कालीमाटीका अनुसार उनीहरुले ब्रोइलर चल्लालाई कालो, रातो लोकल भन्दै कलंकी र काठ क्षेत्रमा महँगोमा बिक्रि गर्दै आएका थिए।
प्रहरीले उनीहरुको साथबाट रङ्ग लगाएर बिक्रि गर्न अवस्थामा राखिएको र रङ्ग लगाउन बाँकी २८ हजार ६ सय चल्ला बरामद गरेको छ। ब्रोइलरभन्दा लोकल वा गिरिराज चल्ला महङ्गोमा बिक्रि हुने गरेका कारण उनीहरुले त्यस्तो काम गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार १० रूपैयाँमा किनेको चल्ला उनीहरुले लोकल, गिरिराज, कोईलर भन्दै दुई सयदेखि ३ सय रुपैयाँसम्ममा बिक्रि गर्ने गरेका थिए।