काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा १५ सय भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशक विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट १५ सय १३ जनामा कोरोनाको पुष्टि भएको हो। यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ७६२५८ पुगेको छ।
देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १० हजार ८९१ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
हालसम्म ५५ हजार ३ सय ७१ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएको प्रवक्ता गौतमले बताए। पछिल्लो २४ घण्टामा ७ सय ३१ सङ्क्रमित निको भएका छन् ।
हाल देशभर २० हजार ३ सय ९६ सक्रिय सङ्क्रमित छन् । हाल सात १० हजार ७ सय ७ सङ्क्रमित होम आइसोलेसनमा बस्दै आएका छन् । प्रवक्ता गौतमका अनुसार प्रदेश नं १ मा १ हजार ३ सय ७१, प्रदेश नं २ मा ६ सय २२, वागमती प्रदेशमा ६ हजार ४४७, प्रदेश नं ५ मा १ हजार ३ सय ९०, सुदूरपश्चिम प्रदेशमा १४६, गण्डकी प्रदेशमा ४ सय ८९ तथा कर्णालीमा २ सय ४२ कोरोना सङ्क्रमित होम आइसोलेसनमा बस्दै आएका छन् । संस्थागत आइसोलेसनमा देशका ९ हजार ८ सय ८९ संक्रमित बसिरहेका छन्।
काठमाडौं उपत्यकामा थपिए ९ सय भन्दा बढी कोरोना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९ सौ भन्दा बढी कोरोना संक्रमित थपिएका छन्। उपत्यका तीनै जिल्लामा गरी आज ९ सय ३४ जना नयन कोरोना संक्रमित थपिएका हुन्। आज थपिएकामध्ये काठमाडौंका मात्र ७४७ जना रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ७३ र ललितपुरमा ११४ जना संक्रमित थपिएका छन्। काठमाडौंमा ३०७ महिला र ४४० पुरुष, भक्तपुरमा २८ महिला र ४५ पुरुष र ललितपुरमा ४७ महिला र ६७ पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
अन्य कुन जिल्लामा कति ? हेर्नुहोस विवरण !