दिल्ली टस जितेर फिल्डिङमा: सन्दीप आज पनि बेन्चमा !

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ११ औं खेलमा आज दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

शेख जायद स्टेडियम आबूधाबीमा भएको टसमा दिल्लीका कप्तान श्रेयस ऐरले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । दिल्लीले टोलीमा एक परिवर्तन गरेको छ । चोटका कारण सुरुवाती दुई खेल गुमाएका तीब्र गतिका बलर इशान्त शर्मा टोलीमा फर्केका छन् ।

इशान्तले आवेश खानको स्थान लिएका हुन् । त्यस्तै हैदराबादले दुई परिवर्तन गरेको छ । जसमा न्युजिल्यान्डका कप्तान केन विलियम्सन आज टोलीमा रहेका छन् । सुरुवाती दुई खेलमा उनी फिट नहुँदा टोली बाहिर थिए ।

विलियम्सनले मोहम्मद नाबीको स्थान लिएका छन् । त्यस्तै रिद्धिमान शाहको स्थानमा युवा ब्याट्सम्यान अब्दुल साम्सदलाई मौका दिएको छ । यी दुई ब्याट्सम्यानको आगमने हैदराबादको ब्याटिङ बलियो बन्ने छ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई दिल्लीले लगातार तेस्रो खेलमा बेन्चमा राखेको छ ।

दिल्ली लगातार तेस्रो जित निकाल्ने योजनाका साथ मैदान प्रवेश गर्ने छ । यता सुरुवाती दुबै खेलमा पराजित भएको सनराइजर्स हैदराबाद पहिलो जित दर्ता गर्न चाहान्छ । दिल्लीले पहिलो खेलमा किंग्स इलेभेन पन्जाबलाई सुपर ओभरमा र दोस्रो खेलमा चेन्नई सुपर किंग्सलाई ४४ रनले पराजित गरेको थियो ।

हैदराबाद रोयल च्यालेन्जर्स बेंगलोरसँग पहिलो खेलमा १० रनले पराजित भएको थियो । दोस्रो खेलमा कोलकाता नाइट राइडर्ससँग ७ विकटेले हारेको थियो ।

सन्दिप बेन्चमा

पहिलो र दोस्रो खेलमा मौका नपाएका सन्दीप तेस्रो खेलमा पनि बेन्चमा नै रहेका छन् । पहिलो र दोस्रो दुवै खेल जितेको दिल्लीले एक परिवर्तन गरेको छ, जसमा आवेश खानको स्थानमा इशान्त शर्मालाई मौका दिइएको छ ।

हालसम्म खेलेका दुवै खेलमा पराजित हैदराबादले पनि मोहम्मद नाबीको स्थानमा न्युजिल्यान्डका कप्तान केन विलियमसनलाई खेलाएको छ ।

हैदराबादको प्लेइङ ११ – डेभिड वार्नर (कप्तान), जोनी बेयरस्टो (विकेटकिपर) , मनिष पान्डे, अब्दुल साम्सद, प्रियम गर्ग, अभिषेक शर्मा, केन विलियम्सन, राशिद खान, भुवनेश्वर कुमार, टि नटराजन र खलिल अहमद ।

दिल्लीको प्लेइङ ११ – पृथ्वी शा, शिखर धवन, शिम्रन हेटमायर, श्रेयस ऐर (कप्तान), ऋषभ पन्त (विकेटकिपर), मार्कस स्टोइनिस, अक्षर पटेल, अमित मिश्रा, कागिसो रबाडा, एनरिच नोर्टजे र ईशान्त शर्मा ।

प्रकाशित : मङ्गलबार, असोज १३, २०७७१४:०७

‘मैले जे गरें सबै क्लबको हितको लागि थियो’