अत्यन्त शुभ मानिन्छ मलामसमा तुलसीको पूजा गर्नु, जान्नुहोस् यसको महत्व !

हिन्दू धर्ममा तुलसीको निकै महत्व रहेको छ। मलमास वा पुरुषोत्तम महिनामा तुलसीको पूजा गर्नुलाई सबैभन्दा शुभ र पुण्यकारी मानिन्छ। मलमासमा भगवान विष्णुका स्वरूपको पूजा गरिन्छ।

पुराणमा पनि यो बताइएको छ कि मलमासको समयमा तुलसीको विशेष पूजा गर्ने घरमा सधै सुख र समृद्धि हुन्छ।

मलमासमा तुलसीको महत्व 

मलमासमा भगवान विष्णुको पूजा र तुलसी बिना श्रीहरिको भोग अपूर्ण मानिन्छ। त्यस्तै, तुलसी भएकोले घरमा शुद्धता रहन्छ, साथै घरबाट नकरात्मकता हट्नेछ। मलमासमा तुलसी मन्त्र र विष्णु मन्त्र जप गर्नुपर्छ। यसो गर्नाले भगवान विष्णुको विशेष कृपा प्राप्त हुन्छ।

तुलसीलाई शुभ मानिन्छ 

हिन्दू मान्यता अनुसार हरेक घरमा तुलसीको बोट हुनुपर्छ। वास्तवमा तुलसीलाई धेरै शुभ मानिन्छ। यो पनि विश्वास गरिन्छ कि पानीमा तुलसीका पातहरू हालेर स्नान गर्नु तीर्थयात्रामा नुहाउनु जस्तै पवित्र हुन्छ। त्यस्तै, आँगनमा तुलसीको बोट छ भने घरबाट नकारात्मक शक्ति दूर हुन्छ र माता लक्ष्मीको विशेष आशीर्वाद प्राप्त हुन्छ।

प्रकाशित : बुधबार, असोज १४, २०७७१४:२९

मंगलले बदल्दै छ आफ्नो चाल, यी राशिको लागि हुनेछ अत्यन्त शुभ !