बार्सिलोनाका स्टार लियोनल मेस्सीले आफूले सधैं जे गरेपनि क्लबको हितका लागि गर्ने बताएका छन्। उनले क्लबका प्रशंसकलाई आफ्नो कहिले पनि क्लबलाई हानि पुर्याउने सोच नभएको कुरा पनि स्पष्ट पार्दै समर ट्रान्सफर विवाद टुंग्याउन चाहेको कुरा बताए।

गत महिना मेस्सीले बार्सिलोनालाई आफ्नो कन्ट्रक्टमा रहेको एउटा धारा सक्रिय गर्ने मनसाय बताए जसले उनलाई हरेक सिजनको अन्त्यमा फ्रीमा क्लब छाड्ने छोड्ने अनुमति दिन्छ। तर बार्सिलोनाले भने उक्त अनुरोध जुन महिनाको अन्त्य सम्ममा गर्नु भने भनेको थियो, अगस्टमा होइन।

यस महिनाको सुरुमा गोललाई अन्तर्वार्ता दिँदै मेस्सीले भने,”बार्सिलोनालाई अदालतमा चुनौती दिनु भन्दा २०२०-२१ सत्रमा क्लब नछाड्ने निर्णय गरें।” अहिले पनि क्लबमा उनको भविष्य निश्चित छैन किनकि क्याटालान संगठनसँग उनी निराश छन्।

हालै स्पोर्टसँगको एक अन्तर्वार्तामा मेस्सीले क्लबका फ्यानहरूको चित्त दुखाउनुको मतलब नभएको बताएका छन्। आफूले सधैं क्लबको हित नै सोचेको बताए। उनले भने,”समर ट्रान्सफर विन्डोमा जे भयो मेरो कुनै मतलब थिएन कि क्लबका समर्थकको चित्त दुखोस्। मैले सधैं क्लबको राम्रो नै सोचेको छु।”

“म बाट केहि गल्ती भएको भए मेरा त्रुटिहरूको लागि जिम्मेवार लिन्छु। यो केवल बार्सिलोनालाई अझ राम्रो र बलियो बनाउनको लागि थियो,” मेस्सीले भने। अब सबै कुरा बिर्सेर सबैले खेलमा ध्यान दिनु पर्ने पनि बताए।

