काठमाडौँ – नेपाल रेल्वे कम्पनी लिमिटेडमा जागिर खान ३२ हजार दरखास्त परेको छ। प्रशासन र प्राविधिक गरी कुल १ सय २९ जनाको लागि दरखास्त आह्वान गरिएकोमा ३२ हजार दरखास्त परेको हो।
कम्पनीले गएको भदौ २९ गते विभिन्न पदमा एक सय २९ जनाको लागि आवेदन माग गरेकोमा १५ दिन भित्र ३२ हजारले आवेदन दिएको रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी गराएका छन्। उनले एक ट्वीट गर्दै उक्त संख्यामा आवेदन परेको जानकारी गराएका हुन्।
पहिलो चरणमा शैक्षिक योग्यताका आधारमा मेरिट लिस्ट प्रकाशित हुने र त्यसपछि दोस्रो चरणमा अन्तरवार्ता पछि अन्तिम नामावली प्रकाशित हुने उनको भनाई छ। साथै उनले ट्वीट मार्फत नै सोर्स फोर्स, चिनजान, नातागोताका आधारमा छनौट नगरिने पनि प्रतिवद्धता व्यक्त गरेका छन्।
“एक सय २९ पदमा मागिएको रेल्वे कर्मचारीमा ३२ हजार निवेदन परेको छ । पहिलो चरणमा शैक्षिक योग्यताका आधारमा मेरिट लिस्ट प्रकाशित हुनेछ । दोस्रो चरणमा अन्तरवार्ता पछि अन्तिम नामावली प्रकाशित गरिने छ । सोर्स फोर्स, चिनजान, नातागोताका आधारमा छनौट गरिने छैन । यो गफ हैन, प्रतिवद्धता पनि हो।”,ट्वीट गर्दै भट्टराईले भनेका छन्।
https://twitter.com/Gurubhtt/status/1311064083446210560
१२९ पदमा मागिएको रेल्वे कर्मचारीमा ३२ हजार निबेदन परेको छ । पहिलो चरणमा शैक्षिक योग्यताका आधारमा मेरिट लिस्ट प्रकाशित हुनेछ। दोस्रो चरणमा अन्तरवार्ता पछी अन्तिम नामावली प्रकाशित गरिने छ । सोर्स फोर्स, चीनजान, नातागोताका आधारमा छनौट गरिने छैन । यो गफ हैन, प्रतिबध्धता पनि हो ।
— Guru Bhattarai (@Gurubhtt) September 29, 2020