९० वर्षीय यी हजुरआमालाई उमेरले छेकेन, धेरैको दिल जितिन् ! कसरी ? [तस्विर सहित]

एजेन्सी – केहि नयाँ सिक्न उमेरले छेक्दैन भन्ने उदाहरण प्रस्तुत गरेकी एक वृद्धा यति बेला सामाजिक संजालमा भाइरल भएकी छन्। ९० वर्षको उमेरमा पनि ल्यापटप चलाउन सिक्ने उनको दृडता देखेर धेरै चकित परेका छन् भने सामाजिक संजालमा उनको प्रशंसा गरिरहेका छन्।

यसरी भाइरल हुनेमा भारत केरलाकी म्यारी म्याथ्यु रहेकी छन्। उमेरले उनी ९० वर्ष पुगीसकिन्। यो उमेरमा पनि उनी अहिले ल्यापटप चलाउन सिकिरहेकी छन्।

कसरी भइन् भाइरल ?

म्यारीका नाति अरुण म्याथ्युले उनकी हजुरआमा म्यारीको तस्विर खिचेका थिए। त्यसबखत म्यारी ल्यापटपमा पत्रिका पढिरहेकी थिइन्। उक्त तस्विर अरुणले ‘रेडीट’मा शेयर गरेका थिए। तस्विर शेयर गर्दै उनले परिस्थिति र समय अनुसार चल्ने आफ्नी आफ्नी हजुरआमा प्रयास साँच्चै सराहनीय रहेको बताएका थिए।

उक्त तस्विरले धेरैलाई यति प्रभावित गर्यो की तस्विर भट्टभट शेयर हुन थाल्यो। उक्त तस्विर क्रमिक रुपमा अन्य सामाजिक संजालमा समेत देखा पर्न थाल्यो र तस्विर भाइरल नै भयो।

सामाजिक संजालमा प्रशंसा

पछिल्लो समय प्रविधिका कारण दैनिकीमा आएको व्यापक परिवर्तनलाई स्वीकार गर्दै ल्यापटप सिक्ने ती वृद्धाको अहिले सामाजिक संजालमा प्रशंसा भइरहेको छ। धेरैले म्यारी म्याथ्युको प्रशंसा गर्दै प्रतिक्रिया दिएका छन्।

प्रकाशित : बुधबार, असोज १४, २०७७१०:०५

झगडा हुँदा कहिलेपनि नभन्नुहोस् यी ४ कुरा, टुट्न सक्छ पार्टनरको दिल