पेप्सिकोलामा ग्यास बिस्फोट हुँदा ५ जना घाइते

काठमाडौँ – काठमाडौँ पेप्सिकोलामा ग्यास बिस्फोट हुँदा ५ जना घाइते भएका छन्। काठमाडौको कागेश्वरी मनोहरा नगरपालिकामा स्थित पेप्सिकोलामा ग्यास बिस्फोट हुँदा ५ जना घाइते भएका हुन्।

खाजा बनाउनको लागि ग्यासको रेगुलेटर खोलेर लाइटर बाल्ने क्रममा ग्यास लिक भई बिस्फोट भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। बिस्फोटबाट घरधनी कृष्ण कार्कीको घरमा क्षति पुगेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार घाइते हुनेहरुमा सुनिता कार्की, पर्वत कार्की, हेमा कार्की, रमेश कार्की र मिना खड्का रहेका छन्।

घाइतेहरुको मदर ल्यान्ड अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रकाशित : बुधबार, असोज १४, २०७७११:५८

भोलिदेखि सुपथ मूल्य पसल: कुन सामानको कति, छुट कति ? हेर्नुहोस् सूची सहित !